काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो ।

गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।

‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो । क्यारेवियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ ।

उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबरजस्ती गरेको जनाइएको छ । बलात्कारको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार