काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट आयोजना गर्दै कम्पनीले आईफोन १४ सिरिजका चार मोडेल सार्वजनिक गरेको हो ।
यो सिरिजका फोनमा भौतिक सिम लाग्ने छैन । तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ ।ई-सिमका माध्यमबाट मोबाइल डेटा तथा सेवाहरू भौतिक सिम प्रयोग नगरी उपयोग गर्न सकिन्छ । ई-सिम प्रचलनमा ल्याउन कम्पनीले यो सेवा अमेरिकाबाट सुरु गरेको बताएको छ ।
अहिले कतिपय देशमा ई-सिम प्रचलनमा आइसकेको छ भने कतिपय देशमा परीक्षणकै चरणमा छ । ई-सिमले पनि भौतिक सिमकै काम गरिरहेको हुन्छ । तर, सबै विद्युतीय तरङ्गबाट मात्र ।यसको अर्थ फोनमा सिमको सफ्टवेयर प्रयोग गरेकै भरमा मोबाइल सेवामा पहुँच पाउन सकिन्छ ।
आईओएस १५ मा फोन अपडेट गरेसँगै तपाईँले आफ्नो ई-सिमलाई एउटा आईफोनबाट अर्को आईफोनमा ब्लुटुथका माध्यमबाट ट्रान्सफर गर्न सक्नुहुन्छ ।यसलाई भौतिक सिम एक डिभाइसबाट अर्को डिभाइसमा सारेजस्तै सजिलै सार्न सकिन्छ । आईफोनले सन् २०१८ बाट नै ई-सिम सपोर्ट गर्दै आइरहेको छ, जसका माध्यमबाट एकै पटकमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ ।
आईफोनमा एउटा मात्र भौतिक सिम प्रयोग गर्न सकिन्छ । त्यस्तै ई-सिम पनि प्रयोग गर्न सकियो भने त्यसमा एकैपटक दुई ओटा सिम प्रयोग गर्न सकियो ।आईफोन १३ मा भने एकै पटक दुई ओटा ई-सिम प्रयोग गर्न सकिने बताइएको छ । अमेरिका बाहेक अन्य देशमा उपलब्ध हुने आईफोन १४ मा भने भौतिक सिमका लागि सिम ट्रे उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




