काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका आफ्नो कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो ।
विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’
सन्दीपविरुद्ध उजुरी परेको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको थियो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मा उनीहरु होटलबाट फकिएको फुटबजमा देखिएको बताइएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीय बालिकालाई बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढएको थियो ।
प्रहरीका अनुसार सन्दीपले १७ वर्षीय नाबालिकालाई भदौ पाँच गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका र सन्दीपले भदौ पाँचमा काठमाडौं लाई राती ११ : ५५ मा काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ :२५ मा बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।
प्रहरीले उक्त जाहेरी दरखास्त गरि पिडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्र मा बिस्तृत स्वाथ्य परिक्षण गराएको थियो । अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




