टोकियो/जापान।जापानको व्यस्थतामा पनि खेलकुदलाई प्रवर्द्धन गर्दै,फूटबल खेलमा संगठित भएका नेपाली युवाहरुको फूटबल समूह नारिता नेपाल फुटबल क्लबलाई जापानमा लामो समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स जापानले १ वर्षका लागि स्पोन्सर गरेको छ ।

फोरेक्स जापानले आफ्नो व्यवसायिक सेवासंगै संस्थागत सामाजिक उत्तरदायित्व पनि पुरा गर्दै जापानस्थित विभिन्न नेपाली समुदायका अधिकांस सामाजिक कार्यहरुमा सहयात्रा गर्दै आएको छ । यसैक्रममा खेलकुदमा अगाडी बढिरहेका नेपाली फुटबल खेलाडीहरुको प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्य अनुरुप यो स्पोन्सरसिप सम्झौता गरिएको फोरेक्स जापानका प्रतिनिधि पञ्च चौधरीले बताए।

गत आईतबार फोरेक्स जापानको मुख्य कार्यलय टोकियोको कामतामा फुटबल क्लबका तर्फबाट अध्यक्ष हर्षचन्द्र गुरुङ्,टिम म्यानेजर प्रविन गुरुङ र क्याप्टेन डिके गुरुङ तथा फोरेक्सका तर्फबाट पञ्च चौधरी लगायतका प्रतिनिधिहरुको उपस्थिती औपचारिक सम्झौता भएको हो ।

सम्झौता अनुसार यहि सेप्टेम्बर १५ तारिखबाट सन २०२३ को सेप्टेम्बर १४ तारिखसम्म,आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा सहभागी शुल्क,खेलाडीहरुको जर्सी लगायका युनिफर्महरु तथा क्लब व्यवस्थापनका लागि आवश्यक खर्चहरुको फोरेक्सले ब्यहोर्नेछ भने क्लबको नाम “फोरेक्स नारिता नेपाल” फुटबल टिम रहनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार