काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल साफ यू–१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको नेपाल भारतसँग ४–० ले पराजित भएको हो ।
फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई ३–१ ले हराएको प्रदर्शन दोहोर्याउन सकेन । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । कौरोउ सिंहले ३० औं मिनेटमा अग्रता दोब्बर पारे ।
नेपालका कप्तान प्रशान्त लक्षमले ३८औं मिनेटमा रातो कार्ड पाए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । प्रशान्तले आफ्नो कुनै गल्ती नभएको बताएपनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे ।
६३औं मिनेटमा वानलालपेका गुइतेले भारतलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयमा अमनले गोल गरेपछि भारत ४–० को जित दर्ता गर्दै उपाधि जित्न सफल रहयो । यससँगै भारतले समूह चरणमा भोगेको हारको बदला लिन सफल भयो ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




