टोकियो/जापान।गत जुलाई ३० र ३१ तारिख जापानको टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवलमा २१ लाख ७५ हजार ५ सय १५ येन नाफा भएको छ ।

शुक्रबार आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले पत्रकार सम्मेलन आयोजना गरि नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक गरेको हो ।जापानमा आयोजित नेपाल फेस्टिवलकै ईतिहासमा पहिलो पटक आर्थिक तथा भौतिक दुबैरूपमा फेस्टिवल सफल तथा पारदर्शिरुपमा सम्पन्न भएको देखिएको छ ।

विगतका हरेक फेस्टिवलहरुमा लाखौँको घाटा देखाउँदै आउने गरिएको थियो । संधै घाटामा जाने र मेला स्थलमा पनि झैझगडा लगायतका गतिविधिहरुलो गर्दा नेपाल फेस्टिवलकै उदेश्यमाथि प्रश्न उठ्ने गरेकोमा यस वर्षको फेस्टिवलले भने नयाँ र सकारात्मक ईतिहास रचेको छ ।

यस पटकको मेलाको आर्थिक संयोजनको जिम्मा बरिष्ठ उपाध्यक्ष नबिन निउरेले लिएका थिए । हिजो सार्वजनिक आयव्यय विवरण अनुसार, यस पटकको २ दिने मेलामा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ येन कुल खर्च भएको थियो भने १ करोड ८५ लाख ४१ हजार कुल आम्दानी गरिएको थियो । यस आम्दानीमा ७ लाख ७० हजार येन अझै संकलन हुन बाँकी रहेकाले हिजो(हिसाव किताव सार्वजनिक हुँदासम्म)कुल २१ लाख ७५ हजार ५ सय १५ येन नाफा देखिएको हो । सबै रकमहरु संकलन भएमा यस वर्षको नेपाल फेस्टिवलको कुल नामा झण्डै ३० लाख येन पुग्नेछ ।

एनआरएनए जापानको यस कार्यसमितिले आफुले जिम्मेवारी सम्हालेदेखिनै आर्थिक पारदर्शितामा अब्बल देखाँदै आएको छ। कोषाध्यक्ष कृष्ण गैरेद्वारा प्रस्तुत यो पछिल्लो आयव्यय विवरणमा पनि कहाँ ? कुन शिर्षकमा कति खर्च तथा आम्दानी भयो ? को को बाट संकलन हुन बाँकी छ मात्रै होईन भएका खर्चहरुको बिल तथा भरपाईहरु समेत चुस्त/दुरुस्त प्रस्तुत गरेको छ ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले भने -“यसपाली नेपाल फेस्टिबल २०२२ ले ईतिहास रचि रहदा सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु, उदार दिलभएका सपोन्सर तथा व्यावसायी ज्युहरु , एनसीसी तथा आइसीसीका अग्रज एवं सहयात्री साथीहरु र सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई हिर्दयदेखी धन्यबाद तथा आभार प्रकट गर्दछौ।”

पत्रकार सम्मेलनलाई एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गरेका थिए भने कोषाध्यक्ष कृष्ण गैरे,सचिव एलिजा केसी,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपालन्युजपोस्टडटका प्रधान सम्पादक राजन गौतम लगायत अन्य संचारकर्मी तथा संघसंस्थाका पदाधिकारीहरुले अनलाईनमा सहभागीता जनाएका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार