टोकियो/जापान। गत जुलाईमा गोली प्रहार गरी हत्या गरिएका जापानी पुर्व प्रधानमन्त्री सिन्जो आबेको आज राजकिय अन्त्येष्टि हुँदैछ । सत्तारुढ दल लिब्रल डेमोक्रेटिकको पुर्ण समर्थन भएता पनि केहि विपक्षी दल तथा नागरिक समुहहरुको निरन्तरको विरोधका बाबजुद आज दिउँसो विश्वका २ सय भन्दा बढि मुलुकका शिर्षस्थ नेताहरुको उपस्थितिमा अन्तिम बिदाई समारोह आयोजना हुनेछ ।
राजकिय अन्त्येष्टिमा विभिन्न २१८ वटा मुलुक तथा क्षेत्रका प्रमुख व्यक्तिहरु एवं अन्तर्राष्ट्रिय मामलाका प्रमुखहरु सहित करिब ४ हजार २ सय जना सहभागीहरु हुने अपेक्षा गरिएको छ। राजकिय न्त्येष्टिमा, मुख्य क्याबिनेट सचिव एवं अन्त्येष्टि समितिका उपाध्यक्ष, माचुनोले उद्घाटन सम्बोधन गर्नेछन्, र राष्ट्रिय गान र मौन धारण पछि , पूर्व प्रधानमन्त्री आबेको जीवनकालमा उनले गरेका विभिन्न गतिविधिहरु समेटिएको संक्षेप भिडियो प्रस्तुत गरिनेछ।
त्यसपछि, प्रधानमन्त्री किशिदा,अन्त्येष्टि समितिका अध्यक्ष, प्रतिनिधि सभा र परिषद्का सभापति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र पूर्व प्रधानमन्त्री सुगा(जो आबे प्रशासनमा मुख्य क्याबिनेट सचिवको रूपमा काम गरेका थिए) लगायतले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
समारोहमा जापानका सम्राट तथा राजपरिवारका सदस्यहरुले श्रद्धांजली अर्पण गरेपछि उपस्थितहरूद्वारा फूलहरू चढाउने कार्यक्रमको थालनी हुनेछ । सामारोह दिउँसो २ बजेबाट सुरु हुनेछ । यसका साथै कार्यक्रम स्थल नजिकैको पार्कमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सर्वसाधारणका लागि फूल चढाउने स्ट्याण्ड पनि बनाईएको छ ।
अर्कोतर्फ २६ तारिखदेखि नै प्रधानमन्त्री किशिदा सहभागी देशका नेताहरुसँग ‘शोक कूटनीति’मा व्यस्त रहेका छन् भने आज बिहान भारतीय प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजीसँग व्यक्तिगत भेटवार्ता गेरका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




