टोकियो/जापान। पटक/पटक उत्तर कोरियाको मिसाईल प्रहारबाट त्रसित जापानले,राजधानी टोकियोमा यदि मिसाईल प्रहार भएको खण्डमा १ करोड ४० लाख मानिसहरुलाई अस्थायीरुपमा सरुक्षित स्थानमा राख्नसक्ने व्यवस्था गरिसकेको जानकारी गराईएको छ ।

हिजो (२९ तारिख) राती उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दा,टोकियो महानगरले मिसाईल आक्रमणको घटनामा १ करोड ४० लाख जनसंख्याको लागि अस्थायीरुपमा सुरक्षित स्थान व्यवस्था गरिएको सार्वजनिक गरिएको हो ।

हिजो प्रहार गरिएको मिलाईल सहित उत्तर कोरियाले यस वर्षभित्र २१ औँ पटक मिसाइल प्रक्षेपण गरिसकेको छ । यस वर्ष उत्तरकोरियाले असामान्यरुपमा मिसाईल प्रक्षेपण गर्दै आएको छ ।

नगरबासीहरुलाई मिसाइल आक्रमणहरूबाट जोगाउनको लागि, सरकारले कंक्रीट भवनहरू र भूमिगत महलहरु जस्ता बलियो सुविधाहरूलाई “आकस्मिक अस्थायी निकासी सुविधाहरू” को रूपमा प्रति व्यक्ति ०.८२५ वर्ग मिटरको मापदण्डमा तोक्न अनुरोध गरिरहेको छ।

यस मापदण्डको आधारमा टोकियोका वडा,मगर तथा गाउँहरूसँग समन्वयको परिणाम स्वरूप, महानगरीय सरकारले ३,७०० भन्दा बढी सार्वजनिक सुविधाहरू तोकेको छ ।जस अनुसार महानगरमा १ करोड ४० लाख जनसंख्याको लागि अस्थायी खाली ठाउँहरू सुरक्षित गर्न सक्षम भएको बताईएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार