जापान। जापान सरकारले ४७ मध्ये ७ प्रिफेक्चरका करिब १०८ सहरहरुमा यदि ठूलो भुकम्प आएमा सुनामीको जोखिम रहेको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको छ । सरकारले जारी गरेको उक्त जोखिम क्षेत्रमा होक्काईदो तथा तोहोकु क्षेत्रमा ठूलो प्रभाव पार्नसक्ने आँकलन छ ।

सरकारले सम्भावित जोखिम न्युनिकरण पुर्वतयारीका लागि होक्काईदोदेखि चिबा प्रिफेक्चरसम्मका नगरपालिकाहरूका लागि आर्थिक सहायता विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। सरकारले ति १०८ नगरहरुमा आपतकालिन आश्रयस्थल बनाउन तथा हाल कायम सुरक्षित स्थानहरुको स्तरोन्नतीका लागि १० वर्षिय योजना तय गरेको छ ।

यो समयमा यि योजनाहरु पुरा गरी ८० प्रतिशत क्षति कम गर्ने लक्ष राखिएको छ।अहिलेकै अवस्थामा ति क्षेत्रहरुमा ठूलो भुकम्प आएमा त्यसले ल्याउनसक्ने सुनामीका कारण करबि २ लाख मानिसहरु प्रभावित हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री फुमिओ किशिदाको अध्यक्षतामा रहेको सरकारी प्यानलले टोकियो नजिकैको बोसो प्रायद्वीपको होक्काइदोदेखि पूर्वसम्म फैलिएको जापान ट्रेन्च र चिशिमा टापुको छेउमा रहेको चिशिमा ट्रेन्चमा ठूलो भूकम्प र सुनामी उत्पन्न हुने विश्लेषणका आधारमा नगरपालिकाहरूलाई तोकिएको छ ।

जापानी समाचार माध्यमहरुमा ति १०८ नगरहरु कुन-कुन हुन् भन्ने बारे प्रष्ट नलेखिएपनि,होक्काईदो तथा तोहोकु क्षेत्रका ७ वटा प्रिफेक्चरका होचो तथा समुद्री भुभागमा जोखिम रहेको बताईएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार