टोकियो/जापान।जापानमा आजबाट जापानको आन्तरिक पर्यटन प्रवर्द्धनात्मक विशेष योजना “राष्ट्रव्यापी यात्रा साहयता “ सुरु भएको छ ।यो यस अघिको गो टु ट्राभल संग मिल्दोजुल्दो सरकारी योजना हो ।

यदि तपाई जापानको ४७ मध्ये कुनैपनि प्रिफेक्चरमा बसोबास गर्नुहुन्छ र जापानका विभिन्न स्थानहरु सस्तोमा घुम्ने योजना बनाउनु भएको छ भने अहिले यो विशेष अवसर हुनसक्नेछ । यस योजनामा सरकारले प्रतिदिन तपाईले यात्राको लागि गर्ने प्रतिव्यक्ति खर्चको लगभग ४० प्रतिशत आर्थिक साहयता उपलब्ध गराउनेछ ।

कोरोना महामारीबाट अति प्रभावित पर्यटन उद्योगलाई टेवा पुर्याउन जापान सरकारले नयाँ पर्यटन माग प्रोत्साहन उपाय ‘राष्ट्रिय यात्रा साहयता’ नामक विशेष कार्यक्रम आज (११ तारिखदेखि) शुरु गरेको हो ।यो यस अघि कार्यन्वयन गरिँदै आएको (県民割-“प्रिफेक्चरल डिस्काउन्ट” )को सट्टा यात्रामा छुट दिने पर्यटन प्रोत्साहित गर्ने उपाय हो ।

यो योजना टोकियो बाहेकका ४६ प्रान्तहरूमा आज(११ तारिख)देखि डिसेम्बरको अन्त्यसम्म र टोकियोमा यहि २० तारिखदेखि डिसेम्बर २० सम्म आयोजना हुनेछ। यस योजनामा कतै रात बस्नेगरि यात्रामा जानेहरुको लागि आवास तथा यातायात खर्च सहितको मूल्यमा प्रतिव्यक्ति ८००० येन तथा दिनको मात्रै यात्रा गर्ने तथा आवास सुविधा मात्रै उपयोग गर्नेहरुको हकमा ५००० येनसम्मको छुट सीमा तोकिएको छ ।

यो सुविधा एउटा यात्रामा निरन्तर ७ दिनसम्म प्रयोग गर्न सकिनेछ भने,यस योजना भरीमा जति पटक पनि उपयोग गर्न सकिनेछ । यो सुविधा लिनको लागि कोरोनाको ३ वटै खोप लगाएको प्रमाणपत्र या यात्रा गर्नु ७२ भित्र पिसिआर परिक्षणको नकारात्मक रिपोर्ट आवश्यक पर्दछ ।

यसका साथै यो छुटको व्यवस्था प्रत्येक प्रिफेक्चर अनुसार केहि फरक पर्न पनि सक्नेछ । त्यसैले यात्रामा जानुअघि कुन प्रिफेक्चरमा जाने हो,त्यसको होमपेजमा हेरेर,वा त्यहाँ रहेको सम्पर्क नम्बरमा फोन गरेर आवश्यक जानकारी लिएर मात्रै जानको लागि आग्रह गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार