टोकियो/जापान। गैरआवासीय नेपाली (एनआरएनए)संघको १९ औँ स्थापना दिवस मंगलबार जापानमा पनि एक विशेष कार्यक्रम आयोजना सहित सम्पन्न गरिएको छ ।

एनआरएनए स्थापना दिवसको अवसरमा एनआरएनए जापानले अनाथ बालबालिको पठनपाठनमा सहयोगार्थ टोकियोमा चियारिटी डिनर सहितको कार्यक्रम आयोजना गरेको हो । हरेक वर्ष अक्टोबर ११ तारिकमा पर्ने एनआरएनए स्थापना दिवसलाई एनआरएनए जापानले गत बर्षबाट औपचारिकरुपमा मनाउनुका साथै १२ जना अनाथ बालबालिकालाई एक बर्षको लागि पठनपाठन र खान,बस्न ब्यबस्था गर्दै आएको छ ।

सोहि क्रमलाई निरन्तरता दिँदै, यसबर्ष हिजो(अक्टोबर ११ तारिक)पनि उल्लेख्य अतिथिहरु एवं एनआरएनए अभियन्ताहरुको उपस्थितिमा केक काटेर, अनाथ बालबालिकालाई नै सहयोग गर्ने उद्देश्य राखेर एनआरएनए केन्द्र र क्षेत्रले आआफ्नो ठाऊमा कार्यक्रम सम्पन्न गरेका हुन् ।

टोकियोमा आयोजित एनआरएनए जापानको कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी,विशेष अतिथिहरू उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि उपमहासचिव ओम गुरूङ, सदस्य रबिन शेरचन, आईएचएनओ अध्यक्ष कोमियामा योसिहारू, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, जनजाति महासंघका अध्यक्ष सन्जिव राई, एनआरएनए जापानका निवर्तमान अध्यक्ष देबीलाल भण्डारी,सल्लाहकार बाबुराम भण्डारी र कानागावा नेपाली कम्युनिटीका अध्यक्ष एवं एनआरएनए जापानका सल्लाहकार राजेन्द्र श्रेष्ठ ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार कार्यक्रममा,जापान स्थित नेपाली संघ संस्था प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो। सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तब्य उपाध्यक्ष एवं कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदी को रहेको थियो भने धन्यबाद मन्तब्य उपाध्यक्ष राजकुमार अधिकारी ले ब्यक्त गरेका थिए।

सोहि कार्यक्रममा हालै नेपालमा सुरू हुन गैईरहेको नबौ राष्ट्रिय गोममा भलिवल तर्फ एनआरएनए टिमबाट सहभागिता जनाउन अन्तर्राष्ट्रीय खेलाडी मदन साउदलाई राजदुत डा. दुर्गा बहादुर सुवेदी, आईसिसि उपमहासचिव ओम गुरूङ र एनआरएनए जापानले खादा ओढाएर सम्मान एवं बिदाई गरिएको थियो।यसका साथै सोहि अवसरमा गत जुलाईमा टोकियोमा सम्पन्न १२ औँ नेपाल फेस्टिवलमा आर्थिक सहयोग गर्ने सहयोगी संघ/संस्था तथा व्यक्तिहरुलाई मायाँको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यक्रमलाई थप मनोरन्जन दिनको लागि कलाकार तृष्मी गर्वुजाले नृत्य र अम्मर गुरूङ, सुर्य खड्काले सांगितिक प्रस्तुती राखेका खिए । कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष नविन निउरेले गरेका थिए भने संचालन महासचिव सिद्धार्थ श्रेष्ठ को रहेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार