टोकियो/जापान। अघिल्लो साता ऐतिहासिक कमजोर बन्दै प्रति डलर १४८ येनमा कारोबार भएको जापानी येन आज पनि बिहानैदेखि सोही कमजोर मूल्यमै कारोबार भईरहेको छ।

गत साता विदेशी मुद्रा बजारमा, अमेरिकामा बढेको उपभोक्ता मूल्य सूचकाङ्कको घोषणा पछि, मुद्रास्फीतिको चिन्ताका कारण ब्याजदर तीव्र रूपमा बढ्ने विश्लेषण सहित अमेरिकी डलरको भाउ बढ्दै गएको थियो।परिणाम,बजार मूल्य माथिल्लो १४८ येन स्तरमा पुगेको थियो।

डलरको तुलनामा सन १९९० पछि पहिलो पटक यो कमजोर बिन्दुमा पुगेको थियो। टोकियोको विदएशी विनिमय बजारभन्दा अगाडि, जापानको समयअनुसार बिहानैदेखि कारोबार भइरहेको विदेशी विनिमय बजारले आज पनि यो प्रवृत्तिलाई पछ्याएको छ ।

जानकारी अनुसार अहिले जापानी येन प्रतिडलर १४८ को दरमा कारोबार भईरहेको छ। अमेरिकामा राष्ट्रपति बाइडेनले १५ तारिखका दिन पत्रकारहरुसँग कुरा गर्दै डलरको भाउ बढ्दै गएको भन्दै आफु चिन्तित नभएको बताएका थिए ।

जापानको ऋणात्मक व्याजदर तथा अमेरिकाको बढ्दो व्याजदरको प्रभाव स्वरुप लगानी कर्ताहरु येन बेचेर डलर किन्ने होडबाजीमा लाईन लागेका छन् । अहिलेको मुद्रा बजारको प्रवृत्तिलाई नियाल्दा येनको भाउ अझै घट्न सक्ने सरोकारवाला विज्ञहरुको विश्लेषण छ ।

खासगरी येन यसरी ३२ यताकै कमजर बिन्दुमा पुग्दा,जापानमा वास्तविक उपभोक्ता लागत बढ्न गएको छ भने,जापानबाट नेपाल लगायतका मुलुकमा रेमिट्टयान्स पठाउनेहरु थप मारमा परेका छन् । अहिले एक लाख नेपाली रुपैँयाका लागि झण्डै १ लाख १४ हजार जापानी येन जम्मा गर्नुपर्ने भएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार