टोकियो/जापान। जापानको राजधानी टोकियोको ईकेबुकुरोस्थित १६ तारिख भएको एक समूहगत किटपिट तथा झैझगडमा चिन बाहिर रहेका दोस्रो पुस्ताका चिनियाँहरुको आपराधिक समूह “ चाईनिज ड्रागन”को संलग्नता रहेको महानगरिय प्रहरीले प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार चीनमा बाहिर छोडिएका दोस्रो पुस्ताका अनाथ चिनियाँहरु मिलेर बनेको गिरोह “चाइनिज ड्र्यागन”का सदस्यहरूले १६ तारिख टोकियोको इकेबुकुरोमा रहेको”सनशाइन ६०” नामक अग्लो भवनमा अवस्थित एक रहेको रेस्टुरेन्टमा झगडा गरी त्यस क्षेत्रको शान्ति/सुरक्षामा दख्खल पुराएका हुन् ।

सो समूहका कारागारबाट छुटेको केहि सदस्यहरुको खुसीयाली मनाउन १ सय जना जति ग्रुप सदस्यहरु भेला भएको अनुमान गरिएको छ । १६ तारिख दिउँसो टोकियोको इकेबुकुरोमा रहेको ‘सनसाइन ६०’ नामक अग्लो भवनको ५८ औं तलामा रहेको एउटा रेस्टुरेन्टमा केही ग्राहकहरुबीच झगडा हुँदा एकजनाको टाउकोमा चोटपटक लागि रगत बग्ने जस्ता सामान्य घाइते भएका थिए ।

महानगरीय प्रहरी विभागका अनुसार १ सय जनाको सामूहिक खानपानको आयोजना गर्ने क्रममा झगडा भएको र पसलबाट खबर गरिएपछि प्रहरी पुग्दा अधिकांश ग्राहकहरु त्यहाँबाट निस्केका थिए । पछिल्ला अनुसन्धानका अनुसार तिनिहरु “चिनियाँ ड्र्यागन” नामक गैरकानुनी काम गर्ने समूहका सदस्यहरू रहेछन्।

त्यो समुह चीन बाहिर छोडिएका दोस्रो पुस्ताका अनाथहरू मिलेर बनेको अपराधीक समूह हो।उनीहरु आफ्ना साथीहरुको रिहाईको खुसी मनाउन भेला भएको जनाइएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार