टोकियो/जापान। डलरको तुलनमा निरन्तर घटिरहेको जापानी येनको भाउ सोमबार थप घटेर कारोबार भएको छ। १७ तारिख येनको अवमूल्यनले न्यूयोर्क विदेशी विनिमय बजारमा थप गति लियो, र येनको विनिमय दर अस्थायी रूपमा डलरको तुलनामा १४९ येनको स्तरमा झर्यो ।

यो लगभग ३२ वर्षमा (सन १९९० )यताको सबैभन्दा न्यून स्तर हो। सोमबार न्यूयोर्कको विदेशी विनिमय बजारमा, अमेरिकाले ब्याजदरमा उल्लेख्य रूपमा वृद्धि गर्न जारी राख्नेछ भन्ने व्यापक अनुमानका अतिरिक्त,वेलायतमा लगभग सबै ठूला कर कटौतीहरू फिर्ता लिने घोषणा गरिएको थियो।

परिणाम बजारमा येनको अवमुल्यन जारी रह्यो भने डलर तथा पाउन्डको उकालो लाग्ने यात्रा जारी रह्यो । जापानी सरकार र बैंक अफ जापानले सेप्टेम्बर २२ मा बजारमा डलर बेच्न र येन किन्नको लागि हस्तक्षेप गरेपनि येनको अवमूल्यन रोकिएको छैन ।

बजारलाई थप हस्तक्षेप गर्ने कि नगर्ने भन्नेमा यतिखेर सरोकारवाला निकायहरु व्यापक छलफलमा केन्द्रित भईरहेका छन् । एक बजार विश्लेषकले भनेका छन्, ”हस्तक्षेपको बारेमा बढ्दो चिन्ताको बीचमा, येनको अवमूल्यनप्रति सरकार र बैंक अफ जापानको प्रतिक्रियामा ध्यान केन्द्रित छ।

”यसरी येन निरन्तर कमजोर अवस्थामा पुग्दा जापानबाट नेपाल रेमिट्यान्स गर्नेहरु ठूलो मर्कामा परेका छन् । हिजो १ लाख रुपैँया नेपाल पठाउन १ लाख १३ हजार ९ सय येनको हाराहारीमा पैसा जम्मा गर्नुपर्यो । अहिले अघिल्लो वर्षको तुलनामा प्रतिलाख १५ हजार येन बराबरको घाटा देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार