टोकियो/जापान। टोकियोको ताईतो वार्डमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी वृद्ध आमाको शव छाडेर गएको अभियोगमा महानगरीय प्रहरी विभागले ५४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

टोकियोको ताईतो वार्डका ५४ वर्षीय बेरोजगार पुरुष अकिनोरी फुकुसिमालाई आफ्नै अपार्टमेन्टमा एक वृद्धा(आमा भएको अनुमान गरिए)को शव त्यसै छोडेर हिँडेको आशंकामा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी विभागका अनुसार वृद्धा लामो समयदेखि वाहिर कतै निस्किएको नदेखिएपछि यही महिनाको १४ गते सरकारी अधिकारी उनको घरमा खोजीका लागि पुग्दा उनको मृत शरीर भेटिएको हो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा कम्तिमा पनि ३ महिनादेखि १ वर्षजति समय वितिसकेको जस्तो देखिएको छ । करिब ४ वर्षदेखि आफ्नी आमासँग बस्दै आएका त्यि व्यक्ति बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा अभियुक्तले स्वीकार गर्दै भने, “मैले आमाको शरीरलाई ध्यान नदिई छोडेकोमा कुनै शङ्का छैन। मलाई थाहा थियो कि कोठामा धेरै महिनादेखि कुनै आवाज आएको थिएन र बन्द गरेको थियो, र उनको मृत्यु भैसकेको थाहा थियो तर मलाई प्रत्यक्ष हेर्न डर लाग्थ्यो।

त्यसैले म एउटा मङ्गा क्याफेमा गएँ। म एक ठाउँबाट अर्को ठाउँमा सर्दै बसिरहेको थिएँ।” महानगरीय प्रहरी महाशाखाले शवको पहिचान पुष्टि गर्दै ति व्यक्तिले आमाको पेन्सन बुझ्दै आएको देखिएकाले त्यो पेन्सन लिनको लागि नै उनको शवलाई घरमै गुपचुप राखेको आशंकामा थप अनुसन्धान गरिरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार