टोकियो/जापान। बैंक अफ जापानका गभर्नर हारुहिको कुरोदाले आज (१८ तारिख ) प्रतिनिधि सभाको बजेट समितिमा अहिले जापानी येन अत्यन्तै कमजोर अवस्थामा पुगेता पनि,केन्द्रिय बैंकले रोजगारी वृद्धि तथा मुद्रास्फीति कटौतीका लागि ठूलो मात्रामा सहजताका उपायहरु ल्याउन सफल भएको बताएका छन् ।

जापानी ३२ वर्ष यताकै कमजोर बिन्दु प्रति १ डलर बराबर १४९ येनमा कारोबार हुँदै गर्दा जापानको केन्द्रिय बैंकले उचित कदम चाल्न नसकेको विश्लेषणहरु भईरहँदा कुरोदाले राजिनामा दिनसक्ने आँकलन गरिहेका बेला,उनले राजिनामा दिनेबारे आफ्नो कुनै सोच नै नभएको पनि बताएका छन् ।

संवैधानिक लोकतान्त्रिक पार्टी, स्वतन्त्र का प्रतिनिधि ताकेशी सिन्काईले “तुरुन्त राजीनामा” दिन भन्दै आवाज उठाउँदै भने सरकार केन्द्रिय बैंक बीचको विरोधाभास छ, जसले कम्पनीहरूलाई मूल्यहरू पास गर्न प्रोत्साहन दिइरहेको छ, र गभर्नर कुरोदाको भनाइ अनुसार मूल्य वृद्धि अस्थायी हो ।

तर सुधारको कुनै संकेत छैन । यसै बिच गभर्नर कुरोदाले भने कि उच्च स्रोत मूल्य र कमजोर येनका कारण उपभोक्ता मूल्यमा वृद्धिको दर वर्षको अन्त्यतिर बढ्न सक्छ,। उनले आपूर्ति पक्षमा वृद्धि दर घट्ने आफ्नो विचार फेरि पनि दोहोर्याए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार