टोकियो/जापान। जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विद्युत महसुलको बोझ कम गर्न र नाफा सहित साना तथा मझौला उद्योगको निर्यात शक्तिलाई सुदृढ गर्न सरकारलाई आह्वान गर्दै बृहत् आर्थिक उपायका कार्यन्वयनका लागि सरकारको निर्णयका गराउन विभिन्न आर्थिक अनुदान तथा साहयताहरु समेटिएको प्रस्ताव पेश गरेको छ ।

एकातिर वृहत आर्थिक प्याकेज सहित खसेकँदो आर्थिक अवस्था सुधार गर्दै व्यवसायिक वातावरण बनाउने आकांक्षा राखेको जस्तो देखिन्छ भने अर्को तर्फ ऐतिहासिक कमजोर येन तथा ईन्धनको मुल्य जस्ता पक्षहरुलाई सम्बोधन गर्ने पूरक बजेटको निश्चित आकार भने उल्लेख गरिएको छैन ।

सरकारले यसै महिना तय गर्ने बृहत् आर्थिक उपायका सम्बन्धमा लिबरल डेमोक्र्याटिक पार्टीका राजनीतिक मामिला अनुसन्धानका अध्यक्ष हागिउदा लगायतले प्रधानमन्त्री किशिदासँग १८ तारिख प्रधानमन्त्रीको सरकारी निवासमा भेटेर पार्टीद्वारा संकलित प्रस्तावहरू हस्तान्तरण गरेका थिए ।

लिब्रल डेमोक्रेटिकले राखेको प्रस्तावमा १.बढ्दो मूल्यहरू विरुद्ध प्रतिरोधात्मक उपायको रूपमा, २.विद्युत् महसुलको बोझलाई प्रत्यक्ष रूपमा कम गर्न कडा कदम चाल्ने ३.ग्यासको मूल्यहरुको सन्दर्भमा, बिजुलीसँग सन्तुलनमा आधारित प्रतिक्रियाहरू प्रवर्द्धन गर्ने लगायतका छन् ।

यसका साथै,प्रधानमंत्री समक्ष पेश गरिएको प्रस्तावमा, येनको द्रुत अवमूल्यन,साना र मझौला उद्यमहरूको निर्यात शक्तिलाई सुदृढ गर्ने तथा रिकभरी र इनबाउन्ड मागको विस्तार जस्ता उपायहरूमा काम गर्ने जस्ता बुँदाहरु पनि समावेश गरिएको छ ।

किशिदा सरकारले यहि महिना,कोरोना माहमारी,येनको अवमुल्यन् तथा ईन्धनको बढ्दो लागतका कारण चेपुवामा परेको समग्र अर्थतन्त्रलाई टेवा दिने वृहत आर्थिक उपायहरु तय गर्ने योजना रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार