टोकियो/जापान । गत महिना जापानमा २० लाख भन्दाबढि विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । यो कोरोना माहमारी सुरु भएदेखिको पहिलो पटक देखिएको उच्च पर्यटक संख्या हो ।

जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार गत महिना पर्यटकसहित २ लाख ६ हजार ५ सय विदेशीहरुले जापान भ्रमण गरेका थिए । यो कोरोना माहमारी पछि कै सर्वाधिक धेरै संख्या हो । यो सम २०२० को फेब्रुअरी पछि पहिलो पटक २ लाख विदेशी पर्यटकहरुले जापान भ्रमण गरेको पहिलो पटक हो ।

अगस्टको तुलनामा २१.६ प्रतिशत यानेकी ३६ हजार ७ सय जना पर्यटकहरु बढेका हुन् । गत महिनाको ७ तारिखमा, तेस्रो खोपको सर्तमा सबै आप्रवासीहरूलाई आवश्यक पर्ने कोरोना नेगेटिभ प्रमाणपत्र पेश गर्नबाट छुट, र टुर अपरेटरहरु बिनाको भ्रमण जस्ता नयाँ सहज नियम कार्यन्वयन भएपछि,व्यापार र पर्यटनका लागि जापान भित्रिनेको संख्या बढेको हो ।

यो महिनाको ११ तारिख सीमानाका उपायहरू थप खुकुलो बनाउनुका साथै पर्यटन प्रयोजनका लागि व्यक्तिगत यात्रामा लगाइएको प्रतिबन्ध हटाइए पछि जापानमा कोरोना अघिको समयमा जस्तै पर्यटकहरु भित्रिने अपेक्षा गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार