टोकियो/जापान। हिजो(१९ तारिख) न्यूयोर्क विदेशी विनिमय बजारमा, ब्याज दर वृद्धिको अपेक्षा बमोजिमनै अमेरिकामा दीर्घकालीन ब्याज दर बढ्दा जापानी येन थप अवमूल्यन हुँदै प्रति १ डलर झण्डै १५० येनको दरमा कारोबार भयो ।

निरन्तर ऐतिहासिक कमजोर बन्दै आएको जापानी येनको पछिल्लो कारोबार दर १ डलर बराबर १४९.९० येन कायम भयो । अमेरिकाको बढ्दो ब्याजदर र स्थीर जापानी मौद्रिक नीतिको अन्तरले येन थप कमजोर बन्ने अपेक्षा गरिएको छ।

येन निरन्तर कमजोर बन्दै जापानको अर्थतन्त्रमा ठूलो असर पारेको छ । यद्यपी,पर्यटन तथा जापान आवात/जावत सामान्य बनाएर वैदेशिक लगानी तथा आम्दानी भित्र्याउने योजनामा मौद्रिक नीति स्थिर राख्न चाहेको देखिन्छ ।

१९ तारिख न्यूयोर्क विदेशी मुद्रा बजारमा, अमेरिकी दीर्घकालीन ब्याज दर अस्थायी रूपमा ४.१ मा बढ्यो किनभने फेडरल रिजर्भ बोर्डका कार्यकारीहरूले अमेरिकामा रोजगारी स्थिति दृढ रहेको र व्याजदर उल्लेख्य मात्रामा वृद्धि हुनसक्छ ।

परिणामा १९ तारिखसम्ममा जापान र अमेरिका बीचको ब्याज दरको भिन्नता थप फराकिलो हुँदै येनको विनिमय घट्न गयो । बजारमा येन बेचेर डलर किन्नेहरुको भिडभाड नै कायम भयो । फलस्वरूप, येन विनिमय दर अस्थायी रूपमा १४९.९० स्तरमा झर्यो ।

३२ वर्षपछि फेरि एक पटक १ डलर किन्न झण्डै १५० येन खर्चीनुपर्ने निकै नै कमजोर अवस्थामा पुग्यो । जापान सरकार र बैंक अफ जापानले सेप्टेम्बर २२ मा डलर बेच्न र येन किन्न हस्तक्षेप गरेपनि येनको अवमूल्यन भने रोकिएको छैन।

यसरी जापानी येन निरन्तर कमजोर बन्दा जापानमा बोसोबास गर्ने नेपालीहरुको बचत त घटेको छ नै,संगै नेपाल रेमिट्यान्स गर्दा साविकको तुलनामा ठूलो क्षति ब्योहोर्नुपरेको छ। १ लाख नेपाली रुपैँयाका लागि १ लाख १५ हजार ६ सय ९३ येन जम्मा गर्नुपर्ने स्थितिमा पुगेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार