टोकियो/जापान। जापान सरकारले गर्भावस्था र सुत्केरी भएपछि बाल पालन पोषण सहयोगका लागि स्थापना गर्न लागेको कुपन वितरण परियोजना अन्तरगत स्थानीय सरकारको निर्णय अनुसार कुपन मात्रै नभई नगदै पनि वितरण गरिन सक्नेछ।
मुलुकमा जन्मदर बढाउने उपाय स्वरुप,सरकारले ल्याउन लागेको यो नयाँ योजनाका बारेमा प्रधानमन्त्री फुमियो किशिदाले १९ तारिख संसदको बजेट समितिमा भने,- ‘स्थानीय सरकारको विवेकमा नगद भुक्तानी पनि एक विकल्प रहन सक्नेछ ।
सोहि क्रममा सार्वजनिक भए अनुसार स्थानीय सरकारहरूले एक प्रणाली निर्माण गर्न विचार गरिरहेका छन् । जसले तिनीहरूलाई नगद या कुपनमा भुक्तानी गर्ने भन्ने छनौट गर्न अनुमति दिनेछ ।
यस परियोजनामा,सरकारको मुख्य लक्ष भनेको बाल हेरचाह-सम्बन्धित उत्पादनहरू र सेवाहरूको लागि मात्र प्रयोग गर्न सकिने कुपनहरू वितरण गर्नु हो, तर यो सुविधाको परिप्रेक्ष्यमा नगद भुक्तानीको लागि पनि ध्यानमा राखि वितरण प्रणाली बनाईनेछ।
हाललाई सरकारले करिब १,००,००० येन बराबरको कुपन दिईने योजना बनाएको छ।यसलाई सरकारले एक पटक भुक्तान गर्नुको सट्टा २०२३ पछि पनि भुक्तानी जारी राख्न चाहेको बुझिएको छ।
सरकारले ० देखि २ वर्षका बालबालिकाको लागि सहयोग बढाउन आवश्यक छ भन्ने विश्वास गर्दै र गर्भावस्थाबाट निर्बाध “सहयोग-प्रकार परामर्श साहयता परियोजना” को संयोजनमा बाल-पालन साहयता उपायहरू बढाउने योजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




