टोकियो/जापान। जापान सरकारले बुधबार अष्ट्रेलिया र ताइवान जस्ता ७६ देश तथा क्षेत्रहरुको लागि कोरोनाभाइरस महामारी रोकथामका लागि जारी आफ्नो यात्रा चेतावनीलाई सहज बनाएको छ ।

अब जापानले आफ्ना देशका नागरिकहरुलाई संक्रामक रोगहरूको कारण अन्य देशमा अनावश्यक यात्राहरू नगर्नका लागि जारी गरेको चेतावनी ७६ देशका लागि हटेको छ।

यद्यपी,परराष्ट्र मन्त्रालयले, मेक्सिको र टर्की सहित ती क्षेत्रहरूका लागि जारी ट्राभल एडभाईजरीमा चार बिन्दुको स्केलमा दोस्रो-तल्लो स्तर २ बाट स्तर १ मा घटाएको छ, जसले ती क्षेत्रहरूमा यात्रा गर्ने जापानी नागरिकहरूलाई “पूर्ण रूपमा सतर्क रहन सल्लाह दिन्छ।”

मन्त्रालयले भनेको छ कि यो निर्णय “विश्वव्यापी रूपमा संक्रमणको अवस्था सामान्य रूपमा सुधार भइरहेको बेला” जारी गरिएको हो र सात औद्योगिक राष्ट्रहरूको समूहले पहिले नै देश र क्षेत्र अनुसार आफ्नो कोरोनाभाइरस ट्राभल एडभाईजरीहरु खारेज गरिसकेको छ।

मन्त्रालयका अनुसार एसिया प्यासिफिकका ६, ल्याटिन अमेरिकाका ११, युरोपका २० र मध्यपूर्व र अफ्रिकाका ३९ देश र क्षेत्र रहेका छन् । अगस्ट सम्म,जापानले १२५ देश र क्षेत्रहरूलाई स्तर १ को रूपमा तोकिदिएको थियो ।सरकारले विदेश यात्रा गर्ने योजना बनाउनेहरूलाई अझै पनि रोकथाम गर्न पूर्ण रूपमा खोप लगाउन प्रोत्साहित गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार