टोकियो/जापान। यस वर्ष जापानमा पहिलो पटक सामूहिक भाईटिका कार्यक्रम आयोजना हुने भएको छ । यहि,अक्टोबर २७ तारिख बिहिबार भाईटिकाको दिन,जापानको राजधानी टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा दिदि बहिनी समूह जापानद्वारा जापानमा पहिलो पटक सामूहिक भाईटिक कार्यक्रम आयोजना गरिने भएको हो ।
सामूहकि भाईटिका कार्यक्रमकी आयोजक मध्येकि एक,जापानको नेपाली समुदायका विभिन्न संघसंस्थाहरुमा नेतृत्व गरिसकेकी तमुधीं जापान एवं एनआरएनए जापानकी संरक्षक अनिता गुरुङका अनुसार जापानमा हरेक पर्वमा शुभकामना आदन प्रदान अथवा जापानमा रहेको कलाकार /नेपालदेखी कलाकार बोलाएर भव्य तरिकाले कार्यक्रम गरेको पाइन्छ ।
त्यस्तै तिहारको बेला पनि विभिन्न संघ सस्थाले शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरी रहेको पाईन्छ । तर यही तिहारको बिशेष दिन भाइटीकाको भने कसैले आयोजना गरेको खासै देखिएन र उक्तदिन सामाजीक संजालहरूमा दाजुभाइले टिका लगाउन नपाएको अथवा दिदीबहिनीहरुले पनि सामाजिक संजाल बाट नै शुभकामना दिएको भने प्रसस्त नै पाईन्छ ।
यसो हुंदा अहिले जापानमा नेपालीहरू सवा लाख पुगि सकेको र आउने क्रम जारी रहेकोमा प्राय: युवा वर्गहरू नै धेरैछन र सामाजिक संजालमा मात्र सिमित रहने हो भने हाम्रो संस्कार सस्कृति बिस्तारै लोप हुने देखिन्छ। यो हुन नदिनको लागि हामी केही दिदी बहिनीहरू मिलेर यो बर्ष सामुहिक भाइटिका आयोजना गर्ने निधो गरिएको हो ।
गुरुङका अनुसार यो कार्यक्रममा जो कोहि पनि आउन सक्नु हुनेछ ।यदि जापानमा हुनुहुन्छ र सामूहिक भाईटिकामा सहभागी भई यस वर्षको प्रवासको तिहारलाई स्मरणीय बनाउन चाहनुहुन्छ भने,यो पोस्टरमा रहेका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




