टोकियो/जापान। जापानको सर्वोच्च शिखर माउन्ट फुजी भ्रमण गर्ने पर्यटकहरुको संख्या बढ्न गई अत्यन्तै भिडभाड हुने अवस्था सिर्जना भएकाले यामानाशी प्रिफेक्चरले समाधानका लागि अब पहाडी रेलवे विस्तार गर्ने योजना अघि सारेको छ।
३ हजार ७ सय ७६ मिटर अग्लो फुजी हिमाल(माउन्ट फुजी)जापानको सबैभन्दा अग्लो ज्वालामुखीय पहाड हो । यहाँ वर्षेनी लाखौँ मानिसहरु भ्रमणका लागि पुग्ने तथा यसको शिखरमा पाइला टेक्ने मनशायले पुग्ने गर्दछन् ।
हाल माउन्ट फुजीको पाँचौँ तहसम्म सावारी साधनहरुमा सजिलै जानसकिन्छ ।तर पछिल्ला केहि वर्षयता मानिसहरुको आकर्षण अत्यन्तै बढेकाले बस यात्राले थेग्न नसक्ने अवस्थामा पुगेको छ।
पहाडी मार्गमा बसको घटौँ जाम हुने अवस्था सिर्जना भईसकेको छ । यसको विकल्पमा प्रिफेक्चरल सरकारले पहाडी रेलमार्ग निर्माण गरि एकै पटक हज्जारौँ पर्यटनकहरुलाई सहज यात्रा गराउने प्रयास गरेको हो ।
सरकारको यस योजनामा स्थानीय तथा पर्यावरणसंग सरोकारवाला संघ/संस्था तथा विज्ञहरुले विगतदेखि निकै नै कडा प्रतिवाद गर्दै आएका छन् ।
अब स्थानीयहरुसंगको समन्वय गर्दै अन्तराष्ट्रिय अभ्यासहरुलाई अनुसरण गर्दै,रेलमार्ग बनाउने तयारी गरिएको जापानी संचार माध्यमहरुमा खबर प्रकासन भएको छ ।
माउन्ट फुजी युनेस्को विश्व सम्पदा सुचीमा समेटिएको पहाड हो।यसलाई सन २०१३ मा विश्व सम्पदा स्थलको रूपमा दर्ता गरिएको हो । त्यसयता माउन्ट फुजीमा पर्यटकहरुको भीडभाड बढेको छ ।
यामानशी प्रिफेक्चर र अन्य प्रिफेक्चरहरुले भीड कम गर्न गत वर्ष फेब्रुअरीमा पाँचौं तहसम्मको प्रिफेक्चरल सडकमा माउन्टेन रेलवे (पहाडी रेलमार्ग)निर्माण गर्ने अवधारणा ल्याएका थिए ।
जापानी सरकारी संचार माध्यम एनएचकेको एक खोजी अनुसार,विश्व सम्पदा दर्ताको समीक्षा गर्ने युनेस्कोको सल्लाहकार निकाय ICOMOS ले यस अवधारणाको कदर गर्दै एउटा आन्तरिक दस्तावेज कम्पाइल गरेको छ ।
त्यहाँ भनिएको छ – “यो स्वागतयोग्य छ किनभने यसले माउन्ट फुजीले सामना गर्ने धेरै चुनौतीहरू जस्तै वातावरणीय ह्रासलाई सम्बोधन गर्न सक्छ।” त्यसैले अबको केहि वर्षमा जापानको सर्वोच्च शिखर माउन्ट फुजी सरर रेलमा पुग्न सकिने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




