नागानो/जापान। नेपाल र नेपालीहरुलाई विभिन्न तवरबाट साथ सहयोग र माया गर्दै आएका नागानो प्रिफेक्चरमा बसोवास गर्ने जापानीहरुलाई सम्मान गरिने भएको छ ।

एनआरएनए जापान नागानो क्षेत्रीय समितिका संयोजक एवं नेपाली समाज नागानोका अध्यक्ष नन्द राज रेग्मीका अनुसार,एनआरएनए क्षेत्रीय समिति एवं नेपाली समाज नागानोले यहि अक्टोबर ३० तारिख आईतबारका दिन सो सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाले, नागानोबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि पनि अनुरोध गरेको छ । यस कार्यक्रमले नेपाल र नेपालीहरुलाई विभिन्न तवरबाट साथ सहयोग र माया गर्दै आईरहेका नागानो प्रिफेक्चरमा बसोवास गर्नु हुने जापानी नागरिकहरुलाई हौसला प्रदान गर्नुका साथै नेपाली तथा जापानी नागरिकहरुको सम्बन्ध अझै प्रगाढ र सुमधुर बनाउन महत्वपूर्ण भुमिका खेल्ने छ भन्ने विश्वास गरिएको छ ।

कार्यक्रम,अक्टोबर ३० तारिख,आईतबार ,大町商工会議所 2階 大会議室 मा दिउँसो ३ बजेबाट साँझ ६ बजेसम्म आयोजना गरिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार