काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय वुमेन्स आइ लिग खेल्ने भएकी छन् । उनी सेथु एफसीमा १ वर्षको लागि अनुबन्धित भएकी हुन् ।

यससँगै एन्जिला आई–लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् । यसअघि सावित्रा भण्डारी ‘साम्वा’ र अनिता बस्नेतले आइ लिग खेलिसकेकी छिन् । नेपालमा एपीएफका लागि व्यावसायिक फुटबल खेलिरहेकी एन्जिलाका अनुसार उनले सेथुसँग एक वर्षको अनुबन्ध गरेकी छिन् र अबको सिजन खेल्नेछिन् ।

सेथु सन् २०१८–२०१९ को आई–लिग च्याम्पियन हो र गत सिजन उसले उप–विजेतामै चित्त बुझाएको थियो । एन्जिलाकै नेतृत्वमा नेपाल घरेलु भुमिमा गत भदौंमा भएको महिला साफ च्याम्पियनसिप २०२२ मा दोस्रो भएको थियो । नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामै सीमित बन्न पुग्यो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार