जापान। ४ तारिख राती उत्तर कोरियाले एक विज्ञप्ति जारी गर्दै अमेरिका र दक्षिण कोरियाली वायु सेनाले ठूलो मात्रामा संयुक्त तालिमको अवधि विस्तार गरेकोमा आलोचना गर्दै “अन्तसम्म अति कडा प्रतिक्रिया” दिने बताएको छ ।

अमेरिकी सेना र दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले लगातार ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिकृयामा वायुसेनाद्वारा ठूलो मात्रामा संयुक्त प्रशिक्षणको अवधि बढाउने निर्णय गरेको थियो। उत्तर कोरियाले सुरुदेखि नै संयुक्त अभ्यासको कडा विरोध गर्दै आएको छ ।

हिजो (४ तारिख)उत्तर कोरियाको विदेश मन्त्रालयले राज्य सञ्चालित कोरियाली सेन्ट्रल न्यूज एजेन्सीमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यसको हाम्रो देशले कडा जवाफ दिनेछ ।

अन्तसम्म कडा प्रतिक्रिया रहनेछ।” उत्तरकोरियाले निरन्तर, आफ्नो आणविक शक्ति प्रदर्शन गर्दै आएको छ । यो सातामात्रै पटक/पटक व्यालेस्टिक मिसाईल प्रक्षेपण गरिसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार