कार्तिक १६,काठमाडौं। पाँच जना राउटेको एक समूह यतिबेला काठमाडौ आइपुगेको छ । जाडोको सिजन सुरु भएसँगै उनीहरु काठमाडौं आएका छन् । उनीहरु सुर्खेतबाट आएका हुन् । त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि रहेका छन् ।
आफूहरुको खानेकुरा सकिएको र जाडो मौसमको सुरुवात भएसँगै आफूहरुलाई समस्या भएकोले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शिर्ष नेताहरुसँग भेटेर सहयोग माग्ने र कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि कम्मल, सिरक लगायतका सामाग्री लिन आफुहरु आएको बताएका थिए । तर राउटेको समूहलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् । राउटे समूहले प्रधानमन्त्री देउवाको सचिवालयमा फोन गरेर भेट्ने समय उपलब्ध गराइदिन आग्रह गरेको तर बिहीवार देउवा धनगढी जान लागेको भन्दै टारेको भन्दै उनीहरूले दुखेसो पोखे ।
प्रधानमन्त्री मात्रै होइन अन्य नेताहरुलाई पनि फोन गर्दा कसैको नउठेको र उठाए पनि फुर्सद नभएको भनी प्रतिक्रिया दिएको भन्दै निराश भएको बताए । प्रधानमन्त्रीले राउटे न साउटे गरिब जनता हेर्दैन् भन्ने केपी ओलीले पनि त्यस्त भन्ने ? कोही नेताले यहाँ छैन भन्ने, हामीले के गर्ने ? रुवावासी गरेर त जानु पर्यो, राउटेले भने । तर भोलि उपराष्ट्रपति नन्दकिशोर पुनलाई आफुहरुले भेट्ने उनीहरुले बताए । उपराष्ट्रपतिका छोरा दिपेशले पनि भोलि आफुहरुलाई भेट्ने भनेको उनीहरुले जानकारी दिए ।
त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नविना लामा राउटेको त्यस समूहलाई भेट्न पुगेकी थिइन् । लामाले आफुहरुलाई परिर्वतन गरेर विस्तारै मानिसको जस्तै रहनसहन सिक्नु पर्ने भन्दै उनीहरुलाई सम्झाएकी थिइन् । लामाले उनीहरुलाई केही बल्याकेट पनि सहयोग गर्ने पनि बाचा गरिन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




