टोकियो/जापान।जापानमा कोरोना महामारी पश्चात पहिलोपटक विदेशी पर्यटकहरुको संख्यामा उल्लेख्य सुधान भएको छ । गत अक्टोबर महिनमा जापान आउने विदेशीहरुको संख्या झण्डै ५ लाख पुगेको छ ।

जापान सरकारले कोरोना रोकथामका लागि सीमामा लगाएका प्रतिबन्धहरु हटाएर,कोभिड अघिकै जस्तो सरल नियम कार्यन्वयन गरेसंगै जापानमा विदेशी पर्यटकहरुको संख्या ह्वातै बढेको छ।अक्टोबर महिनामा जापान आएका विदेशीहरुको संख्या अघिल्लो महिनाको तुलनामा दोब्बर वृद्धि भएको हो ।

जापानी येन ऐतिहासिकरुपमा कमजोर बनेको यो समयमा जापानको पर्यटन क्षेत्रमा प्रवेश तथा घुमघामलाई सहज बनाई,विदेशी मुद्रा आर्जनको लाभ लिन चाहेको जापान सरकारको योजना केहि हदसम्म सफलताको नजिक पुगेको छ।

यद्यपी,कोरोना संक्रमण रोकथामका सबै प्रकारका उपायहरु खारेज गर्दै सामान्य जनजिवन अवलम्बन गरेको जापानमा महामारीको आठौँ लहर सुरु हुने विज्ञहरुले चेतावनी दिन थालिसकेका छन् । जानकारी अनुसार,जापानमा अक्टोबरमा पर्यटन र व्यापार दुवैका लागि विदेशी आगन्तुकहरूको संख्या बढेर ४९८,६०० पुगेको छ।

जुन सेप्टेम्बरको २०६,५०० भन्दा दोब्बर र अघिल्लो वर्षको तुलनामा २,१५५ प्रतिशतले वृद्धि भएको जापान राष्ट्रिय पर्यटन संगठनले जनाएको छ । यद्यपि सन् २०१९ को तुलनामा भने अझै ८० प्रतिशतले कमी रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार