विश्वव्यापी प्रतिस्पर्धात्मक बजारीकरणको युगमा हरेक व्यावसायिको लागि सबैभन्दा महत्वपुर्ण हतियार भनेका नै ग्राहक हुन त्यसैले वस्तु तथा सेवा उत्पादनमा ग्राहकहरुको आवश्यकता तथा चाहानालाई विशेष प्राथमिकता साथ ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्दै नाफा प्राप्त गर्नुलाई नै आजको युगमा सफल बजार तथा व्यवसाय मानिन्छ।अन्य देशमा जस्तै जापानमा पनि ग्राहकप्रति गरिने व्यवहार तथा उत्तरदायित्व आफ्नै तरिकाको रहेको देखिन्छ। कुनै पनि वस्तुको उत्पादन देखि बिक्री सम्मको च्यानेलमा ग्राहकप्रति सबैभन्दा बढि जिम्मेवार अन्तिम बिक्रेता तथा खुद्रा व्यापारीहरुको रहेको हुन्छ। जापानमा विभिन्न व्यवसायीहरु मध्ये सबैभन्दा बढि सफल IT तथा सफ्टोयर कम्पनी, सवारी साधन तथा पार्टपुर्जा निर्माण कम्पनी , होटेल तथा रेस्टुरेन्ट व्यवसाय , फुड उत्पादन तथा बिक्री कम्पनी , इलेक्ट्रोनिक सामान निर्माण कम्पनी, कस्मेटिक कम्पनी, मादकपदार्थ उत्पादन कम्पनि इत्यादी रहेका छन। विशेषगरी दैनिक रुपमा ग्राहक भित्रीने सरकारी तथा निजी कार्यलय बैङ्क तथा वित्तिय संस्था ,वडा कार्यलय , ,इमिग्रेसन अस्पताल लगायत व्यावसायिक क्षेत्रहरु सुपरमार्केट , कम्बिनी, होटेल तथा रेस्टुरेन्टहरु साथै अन्य क्षेत्रमा पनि ग्राहकप्रति र सेवाग्राही प्रति गरिने व्यवहार उत्कृष्ट रहेको देखिन्छ।कुनै पनि व्यवसाय सफल तथा असफल हुनुमा बजारशास्त्रका मुख्य पाँच कुराहरुमा भर पर्दछ जसलाई 5P of Marketing पनि भन्ने गरिन्छ। वस्तु Product , मुल्य Price , प्रवर्धन Promotion, ठाँउ Place, जनता People जापानमा यि कुराहरु लगायत यहाँको आन्तरिक कारणले गर्दा पनि केहि हदसम्म सफल भएको मानिन्छ सबै व्यवसायहरुलाई एउटै दृष्टिकोणबाट समेट्न नसकेपनि प्रमुख विशेषता पनि भने उस्तै-उस्तै रहेको देखिन्छ।

ग्राहकप्रति पुर्ण बफादार:

कुनै पनि व्यवसाय सफल हुनको लागि सबैभन्दा पहिले ग्राहकको आवश्यकतालाई पहिचान गर्दै सन्तुष्टि प्रदान गर्न जरुरी रहेको हुन्छ। पछिल्लो समयको तथ्याङ्क अनुसार विशेषगरी जापानीजहरुले ब्रान्डेड सामानमा बढि विश्वास गर्ने देखिएको छ जहाँ “हालमा प्रयोग गरिएका तर पूर्ण रूपमा विश्वसनीय नभएका ब्रान्डहरू” र “हालमा प्रयोग गरिएका र लामो समयसम्म विश्वास गरिएका ब्रान्डहरू” को तुलनाले जापानी उपभोक्ताहरू सामान खरिद गर्ने गरेको तथ्याङ्कले बताउछ। जापानका ठुला- ठुला पसलहरु देखि साना पसलका व्यापारीहरु पनि ग्राहक प्रति निकै जिम्मावार भएको देखिन्छ जहाँ ग्राहक प्रवेश गर्दा गर्ने सत्कार देखि लिएर वस्तु तथा सेवाको प्रयोग र मुल्यबारे जानकारी लगाएत विदाई गर्ने समयमा पनि निकै सरल र मिजासिलो बोलिबाट गरेका हुन्छन त्यसैले पनि जापानीजहरु बस्तुको मुल्य तथा प्रयोग बारे पुर्ण जानकारी भएर ढुक्कका साथ सामान प्रयोग गर्ने गर्दछन।

समयको परिपालना:

जापानको हरेक क्षेत्रमा समयलाई विशेष महत्त्व दिने गरेको देखिन् ।कुनै पनि कम्पनीमा कार्यरत कर्मचारी देखि लिएर ग्राहकहरुको सेवा सुविधामा सकेसम्म छिटो र निर्धारण गरिएको समयमा पुरा गर्ने उद्देश्यका साथ काम गर्ने गरेको देखिन्छ।केहि वर्ष पहिले एउटा रेल कम्पनीले ५ सेकेण्ड ढिलो गरेर माफि मागेको , मन्त्री केहि समय ढिलो गरेर पद नै छोडेका उदाहरणहरु पनि छन। केहि महिना अघि नेपालका पुर्व प्रधानमन्त्री प्रचण्ड जापान आउँदा पत्रकार सम्मेलनमा भनेका थिए यहाँको बुलेट रेल ९:१२ मिनेटमा आउँछ भनेको ठ्याकै आइपुग्यो र भनेको समयमा पनि ठ्याक्कै पुग्यो भनेर अच्चमित भएको सुनाएका थिए । साच्चिकै भन्ने हो भने जापानका विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुको हरेक क्षेत्रमा देखिएको जिम्मावारीले गर्दा नै धेरै जसो यहाँका व्यवसाय सफल भएका देखिन्छन।

आर्थिक पारदर्शीता :

कुनै पनि व्यवसायमा आर्थिक क्षेत्रलाई प्रमुख मेरुदण्डको रुपमा लिएको हुन्छ। जापानका केहि कम्पनीहरुमा कर्मचारीहरुद्वारा आर्थिक हिनामिना गरेका समचारहरु बाहिर आएपनि अधिकांश कम्पनीहरु भने आर्थिक पारदर्शिताको कारण नै सफल रहेका देखिन्छन ।कम्पनीहरुको अडिटिङ तथा सरकारलाई तिर्नुपर्ने कर इमान्दारीकासाथ तिरेका कारण नै विभिन्न किसिमका महामारी तथा संकटको बेला लगानिकर्ताहरुलाई सरकारले पनि उचित किसिमको राहत प्रदान गरी सहज बनाउने प्रयास गर्दछ।

प्रविधिको उच्चतम प्रयोग :

विश्वका विभिन्न मुलुकहरुमध्ये जापान पनि नयाँ नयाँ प्रविधिको विकाशमा निकै अघि रहेको देखिन्छ। यहाँका सामान्य कम्पनी देखि लिएर ठुला- ठुला कम्पनीहरुमा प्रयोग गरिएको प्रविधि र सिस्टम कै कारण पनि जापानमा धेरैजसो व्यवसायीहरु सफल रहेका छन। नयाँ नयाँ प्रविधिको निर्माण सङ्गै ग्राहकहरुलाई केन्दृत गरेर नयाँ नयाँ किसिमका बस्तुहरु निर्माण हुनु नै आज जापानको सफल पक्ष रहेको देखिन्छ। विभिन्न व्यावसायिक क्षेत्रहरुमा विस्तार गरिएको नयाँ प्रविधियुक्त वस्तुको कारणले पनि ग्राहकहरुलाई वस्तु तथा सेवा प्रयोगतिर केन्दृत गरेको देखिन्छ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोराना महामारी कै कारण करिब २ हजार भन्दा बढि कम्पनीहरु टाँट पल्टिएको कर्जा अनुसन्धान कम्पनी तेइकोकु डेटा बैंकले बताएको छ।
यिनीहरुमध्ये केही व्यवसायले अदालती संरक्षणका लागि निवेदन दिइसकेका छन् अनि केही दामाशाही प्रक्रियाको तयारीका लागि बन्द भइसकेका छन् । महामारीको कारण उद्योग र रेष्टुरेन्टहरुलाई धेरै मार परेको देखिन्छ। कुनै पनि व्यवसाय सधैँ सफल हुन्छ भन्ने हुदैँन व्यवसायलाई समय ,मुल्य,स्थान, प्राकृतिक विपति तथा महामारी,ग्राहकहरुको चाहाना तथा आवश्यकताहरुले पनि प्रभाव पार्ने गर्दछ।

जापान आफैमा एक उत्कृष्ट राष्ट्र हुनुको साथै यहाँको हरेक क्षेत्रको विकाश र उच्च स्तरको नयाँ नयाँ प्रविधिको प्रयोगले गर्दा पनि जापान निकै अगाडि रहेको देखिन्छ । साथै यहाँका व्यावसायिकर्मीहरुबाट ग्राहकप्रति गरिने असल व्यबहार, गुणस्तर वस्तुको उत्पादन, सरकारको नागरिक र लगानिकर्ता प्रतिको जिम्मेवा री तथा उत्तरदायित्व , मनोरन्जन तथा पार्क स्थल र पर्यटकीय क्षेत्रको उचित व्यवस्थापन र विकाश, हरेक क्षेत्रमा विकासका पुर्वाधारहरुको सहज सुविधा , नागरिकहरुलाई रोजगारको सहज व्यवस्था , गुणस्तरयुक्त वस्तुको उत्पादन जोड लगायत यस्तै-यस्तै विभिन्न कारणहरुले गर्दा पनि धेरै जसो व्यवसायहरु सफल भएका हुनकि भनेर सहजै बुझ्न सकिन्छ।

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार