जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा प्रमुख २ वटा प्रवृत्तिहरु बढ्दै गएको देखिन्छ । ति २ प्रवृत्ति र त्यस प्रवृत्तिलाई अंगिकार गरेका पात्रहरुका कारण विभिन्न समस्या तथा विकृतिहरु बढिरहेका छन् । त्यसको पछिल्लो उदाहरण हो,अहिले जापानबासी नेपालीहरु बिच भाईरल भईरहेको यो दृष्य !

टोकियोमा, एक नेपाली परिवारलाई बसिरहेको कोठाबाट जबर्जस्ती निकाल्न खोजिएको भिडियोको तस्वीर

यो घटना त घट्यो सकियो । द्वोषीलाई उसको कर्म अनुसारको सजाय मिल्ला या आपसी समझदारीमा मिलाईएला । तर मैले देखेको यि २ प्रवृत्ति र पात्रहरुलाई न्युनिकरण नगरे यस्ता थुप्रै घटनाहरु घट्नेछन् । र अहिले पनि सामाजिक संजालमा नआएका थुप्रै घटनाहरु घटिरहेका छन् । प्रवृत्तिहरु

१.चलिहाल्छ/भईहाल्छ नी !

-जापानमा हरेक वस्तु तथा सेवा लिने एवं दिने दुबै स्पष्ट कानुन र प्रणाली छ । तर हामिमा भने, चलिहाल्छ/भईहाल्छ वा आज भए भोलिको कुरा भोलि नै सोचौँला भन्ने प्रवृत्ति हावी छ । परिणाम गाँस/बास/शिक्षा/ रोजगारी सबै क्षेत्रमा तोकिएका मापदण्ड र प्रकृया पुर्याउँदैनौँ र पछि विभिन्न झण्झट(सबैले होईन,केहिकेहिले)व्यहोर्न बाध्य हुन्छौँ ।

२.विदेशीहरुको कमजोरीमा टेकेर शोषण गर्ने जापानीहरु !

जापानमा विदेशीहरुको संख्या बढ्दै जाँदा थुप्रै जापानीहरु तिनै विदेशी लक्षित व्यवसाय(जापानी नियम कानुनको पूर्ण पालना नगरी,नेपाली पारमै संचालित),फोदोउसान(不動) जिनजाई हाकेन(人材派遣) होस्टेल आदि संचालन गर्दै आएका छन् ।उनिहरुलाई विदेशीहरुको अज्ञानता,हेलचेक्र्याँई,पहुँच अनि स्तर सबै थाह हुन्छ र आफ्नो स्वार्थ अनुरुप प्रयोग गरिदिन्छ।

समाधान के त ?

१.जापानमा बसोबास गर्दा यहाँका तोकिएका ऐन/कानुन तथा नियमहरुलाई पूर्ण पालना गरौँ।भईहाल्छ/चलिहाल्छ भन्ने प्रवृत्ति त्यागेर,आफ्नो लागि थोरै मेहनत गरेरै भएपनि आफुले के के,कति सम्म र कसरी गर्दा कानुनीरुपमा बलियो भईन्छ भन्ने जानकारी लिएर सचेत हुने । सेवा/वस्तु लिँदा वा दिँदा दुवै अवस्थामा आफु सचेत र ऐन/नियम सम्मत हुनेवित्तिकै यहाँ कसैले दमन गर्नै सक्दैन ।

२.आफुले काम गर्ने कम्पनी या क्षेत्रमा आफ्नो व्यक्तिगत स्वार्थको लागि आफुजस्तै विदेशीहरु माथि आफ्नो कम्पनी मालिक या जिम्मेवार व्यक्तिहरुले अन्याय गरिरहेको छ भने नजर अन्दाज नगरौँ। कसैले नजान्नु/नबुझ्नु उसको कमजोरी होला तर जानेको/बुझेको व्यक्तिमा मलाई त राम्रै छ किन बोल्नु ? वा मलाई त फाईदा भईरहेको छ किन वास्ता गर्नु भन्ने प्रवृत्ति विकास हुँदा फुरुईचि जस्ता पात्रहरुको संख्या थपिँदै जानेछ ।

३.अन्त्यमा,यस्ता घटनामा मानवियताको दृष्टिकोणबाट जापानीहरु र कानुनी तवरमा विदेशीहरु दुवै पक्षको कमिजोरी रहेको हुन्छ । तर यसलाई न्युनिकरण या अन्त्य गर्नको लागि तपाई हामी विदेशीहरुकै अहम् भूमिका रहने गर्दछ। अझ नेपाली समुदायमा ५० औँ सामाजिक संघ/संस्था अनि सयौँ अभियन्ताहरु छौँ,यस्ता घटनामा हाम्रो समुदायलाई सचेत गराउँदै यस्ता अमानविय घटनाहरुमा द्वोषी उपर कानुनी दायरामा उभ्याउने कार्यमा एक जुट हुन आवश्यक छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार