टोकियो/जापान। जापानमा हालसालै एक नेपाली युवा म्यारियट जापान ककटेल कम्पिटिसनमा प्रथम भएका छन् । नेपालको काठमाडौँ घर भएका अन्जान खड्काले १४९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै सो,जित हात पारेका हुन् ।

सन २०१० मा विद्यार्थी भिसामा जापान आईपुगेका अन्जानले यहाँ जापानी तथा अंग्रेजी भाषा विद्यालयको अध्ययन हुँदै,टोकियो ईन्स्टिच्युट अफ टुरिज्म कलेजबाट होटल म्यानेजमेन्टको अध्ययन पुरा गरे । अध्ययन सक्काए लगत्तै सन २०१६ बाट होटल हायातमा आफ्नो जागिरे जिवनको सुरुवात गरे ।

हाल झण्डै ६ वर्ष जस्तो होटल हायातमा काम गरिसकेपछि,विश्वकै प्रसिद्ध होटल द रिट्ज कार्ल्टनमा कार्यरत छन् । जापानमा वर्षेनी हज्जारौँ नेपाली विद्यार्थीहरु पढ्ने सपना र योजना बोकेर आउने गरेता पनि दीर्घकालिन् सोच सहित अघ्ययन पुरा गरी,ठूला कम्पनीहरुका आकर्षक स्थानमा भने निकै कम व्यक्तिहरु मात्रै पुग्दछन् ।

तिनै थोरै व्यक्तिहरुले मात्रै लिन सकेको अवसरमा पुगेका छन् अन्जान खड्का । हाल उनि रिट्ज कार्ल्टनको निक्को स्थित होटलमा द लाउन्ज एण्ड द बार एसिस्टेन्ट म्यानेजरको रुपमा कार्यरत छन् ।

यस पटकको प्रतियोगितामा बारटेन्डर अञ्जन खड्काको ककटेल कोमाचीको गार्डेन (कोमाची नो निवा)ले गत नोभेम्बर २९ तारिख टोकियोमा आयोजित म्यारियट जापान ककटेल प्रतियोगिताको फाइनलमा ग्रान्ड प्राइज जितेको थियो ।

प्रतियोगितामा जापानभरका मेरियट होटेलहरूको प्रतिनिधित्व गर्ने प्रतिभाशाली मिक्सोलोजिस्टहरूले सहभागिता जनाएका थिए ।यस प्रतियोगितामा उत्कृष्ट बन्न सफल खड्काको च्याम्पियन ककटेलले सन् २०२३ भरि राष्ट्रव्यापी रिट्ज-कार्लटन, म्यारियट, वेस्टिन र शेराटन होटलहरूको मेनुमा स्थान पाउनेछ ।

यस पटक अन्जानले,हात पारेको यो सफलता होटल क्षेत्रमा आफ्नो भविष्य देख्ने धेरै नेपाली युवाहरुको उत्प्रेरणा हो ।लामो समयको कडा अध्ययन र कामप्रतिको लगनले मात्रै यो लक्ष हासिल गर्न सम्भव छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार