टोकियो/जापान । तपाईलाई थाह नै छ कि जापानको सार्वजनिक यातायात सेवा विश्वकै उत्कृष्ट मध्येको एक हो । यहाँको बस, ट्यास्की, ट्रेन या प्लेन सबै प्रकारका यातायात सेवाहरु अत्यन्तै व्यवस्थित र उत्कृष्ट छन् ।

यि विविध यातायातका साधन मध्ये विश्वसलाई चकित पार्ने सेवा हो अत्यन्तै तीव्र गतिमा गुड्ने र उत्तिकै सुरक्षित मानिने जापानी बुलेट ट्रेन (सिनखानसेन- 新幹線) सिनखानसेन जापानको प्रविधि विकासमा अर्को एउटा महत्वपूर्ण फड्को हो । यहाँको यो सेवा विश्वका सबै मुलुकको भन्दा उत्कृष्ट मानिन्छ ।

जडित प्रविधि,आथित्यता,यात्राको अवधीमा प्राप्त हुने सुविधा जस्ता कुराहरुले जापानको सिनखानसेनहरु विश्वभरका मानिसहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

१. विश्वकै पहिलो सिनखानसे सन १९६४ मा बनेको थियो । सन १०६४ त्यहि वर्षहो जहाँ जापानले पहिलो पटक ओलम्पिक खेलको आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।पाठकहरुलाई द्विविधा नहोस् कि सिनखानसेन भनेको बुलेट ट्रेन नै हो । र संसारकै पहिलो बुलेट ट्रेन सन १९६४ को अक्टोबरमा जापानमा तोक्काईदो सिनखानसेन लाईनको नामले सुरुवात भएको थियो । जुन सेवा टोकियो बाट जापानकै ओसाकासम्मको लागि कायम थियो ।

२. जापानको सिनखानसेन(बुलेट ट्रेन)हरु सुरक्षित सेवाका रुपमा परिचित छ ।हाल चाईन, अमेरिका लगायताका अन्य मुलुकहरुमा पनि यो सेवा संचालनमा रहेता पनि न्युन दुर्घटना दरका आधारमा जापानको यो सेवा संसारकै सुरक्षित मानिन्छ । जानकारीका अनुसार सुरुवात भएको ५७ वर्षको अवधीसम्म सिनखानसेन दुर्घटना मानविय क्षति शुन्य छ ।

३. जापानका सिनखानसेन (बुलेट ट्रेनहरु प्रति घण्टा ३२० किलोमिटरको गतिमा दौडिन सक्नेछन् । यो कुनै समय गिनिज बुकमा सबैभन्दा छिटो गुड्ने ट्रेन सेवाको रुपमा दर्ता नै भएको थियो । तर पछि प्रतिघण्टा ६०३ किलोमीटर सम्म गुड्न सक्ने ट्रेनको विकास भईसकेको छ । यद्यपी हाल सेवामा रहेकाहरुमा भने अधिकतम ३२० किलोमिटर प्रतिघण्टा नै द्रुत गती हो ।

४. जापानको सिनखानसेन (बुलेट ट्रेन) हरु संसारकै सबैभन्दा समयनिष्ठ( पंच्युएल) ट्रेन सेवाको रुपमा परिचित छन् । यहाँ हरेक ट्रेनहरु तोकिएको समयमा ठ्याक्कै गुड्ने तथा रोकिने गर्दछन् । ढिलो हुँदाको समयमा पनि अधिकतम १ मिनेटसम्म मात्रैको फरक पर्दछ । यद्यपी प्राकृतिक विपत्ति तथा पटरीमा हुने दुर्घटनाहरुको समयमा भने यो नियम लागु नहुनसक्छ

५.जापानका सिनखानसेन( बुलेट ट्रेन)हरु भुकम्प प्रतिरोधी प्रविधिमा बनाईएका छन् । यहाँ सिनखानसेन गुडिरहेको बेलमा ठूलो भुकम्प नै आएपनि ट्रेन पटरीबाट बाहिर जाँदैन । त्यसो त जापानको सिनखानसेन मात्रै नभई सबै रेलसेवामा यो प्रविधि प्रयोग गरिएको छ । किनकि जापान विश्वकै सबैभन्दा धेरै भुकम्प जाने मुलुक हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार