जापान । जापानमा पछिल्ला केहि वर्षयता,सामान्य अवस्थामा नै सुतेको मानिस सुतेकै अवस्थामा भेटिने घटनाहरु बढ्न थालेका छन् । यहि प्रकृतिको घटना गत शनिवार जापानको नागोयामा पनि घट्यो ।
उक्त घटनामा नुवाकोटका २७ वर्षिया युवा,रातीको कामबाट फर्किइ बिहान खाना खाएर सुते तर साँझ सुतेकै अवस्थामा मृत भेटिए । यो घटना घटेको पहिलो पटक होईन,यस अघि पनि टोकियो,आईची तथा ओसाका लगायतका सहरहरुमा यस्ता प्रकृतिको घटनाहरु घटिसकेका छन् ।
यस्तो मृत्युलाई के भनिन्छ ? अचानक मर्नुलाई मेडिकल भाषामा ‘सडन कार्डियल डेथ’ भनिन्छ। तर, राति सकुशल सुतेको मानिस बिहान मृत फेला पर्नुलाई सडन कार्डियल डेथ भन्न मिल्दैन। राति सुतेको मानिस बिहान मृत फेला हुनु ‘अब्सट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम’ हो भनछन् चिकित्सकहरु । के हो त ‘सडन कार्डियल डेथ’ ?
मुटुरोग विशेषज्ञका अनुसार ‘मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रस्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो।’मुटको चाल बिग्रिएमा मानिसको ९० प्रतिशत बढी मर्ने सम्भावना हुन्छ। मुटुको चाल बिग्रिएको एक घण्टाभित्र इलेक्ट्रिक सक लगाउन सक्यो भने ५० प्रतिशतभन्दा बढी बाँच्ने सम्भावना हुन्छ।
कतिपय मानिसको ब्रेन ड्यामेज हुन्छ। अचानक मष्तिकको आकार बढ्छ। फोक्सोमा रगत जम्छ। यस्तो हुँदा मष्तिकमा रगत र अक्सिजन पुग्दैन। श्वासप्रस्वास बन्द भएर मनिस अचानक मर्छ। चिकित्सकहरु भन्छन् -‘मुटुको पावर ३० प्रतिशत वा सो भन्दा कम हुने, पहिला हर्ट अट्याटक भइरहने, सुगरका रोगी, डायवेटिजका बिरामीहरु र धुम्रपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन्।’
त्यस्तै केहि चिकित्सकका अनुसार मानिसहरु सुत्दा श्वासनली अवरोध भएर कोल्याप्स हुने समस्या अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हो। ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ। हृदयघात र पक्षघात हुन सक्छ,’ चिकित्सक भन्छन्, ‘यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ‘डिप्रेसन’ हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।’
किन हुन्छ ? अव्यवस्थित जीवन शैलीका कारण मानिसहरुलाई विभिन्न किसिमका रोग लाग्छ। मृगौलाका बिरामी, मुटु रोगी र मोटोपन भएकालाई सबैभन्दा बढी यसको खतरा हुन्छ। ‘घाँटीमा रहेको नलीको मुख साँघुरो हुने र श्वासप्रश्वासमा अवरोध आउने भएकाले मोटोपन भएकाहरु जोखिममा छन्। त्यसैगरि मध्यपान र धुम्रपान गर्नेहरु पनि जुनसुकै अवस्थामा मर्न सक्छन्।
चिकित्सकका अनुसार ‘चिउँडो सानो भएकाहरु सुत्दा मुख खुल्दैन र सास फेर्न गाह्रो हुन्छ। त्यसैगरि घाटी छोटो भएकाहरुको सुत्दा जिब्रो बन्द हुन्छ र श्वासप्रश्वाशमा अवरोध आएर स्लिप एप्निया हुन्छ र मानिसहरु सुतेकै ठाउँमा मर्छन्।’ कसरी पत्ता लगाउने? डाक्टर सिजापतिका अनुसार पटक पटक शौचालय जानुपर्ने सुत्दा छटपटी हुने सास रोकिएको महसुस हुने तथा सास फेर्न जोड गर्नु पर्यो भने स्लिप एप्निया भएको बुझुनुपर्छ।
ठूलो अवाजसहित लगातार घुर्नेहरु समयमै उपचार गराउनुपर्छ। ‘टाउको दुख्ने, दिउँसो निद्रा लाग्ने, र झर्को लाग्ने धेरै हुन थाल्यो भने स्लिप एप्निया हुन्छ,’ उनी भन्छन्, ‘मोटोपन भएका ३० देखि ४० प्रतिशतहरु सुगर र अन्य रोग भएकाहरु ४० प्रतिशत मानिसहरुलाई स्लिप एप्नियाको जोखिममा रहन्छन्।’
विदेशमा नेपालीहरुको सुतेकै ठाउँमा मृत्यू हुनु यस्तै कारणाहरु हुन्छन् । धेरै तापक्रमको असमान । एउटै कोठामा धेरै जना बस्ने ।मादक पदार्थको सेवन गर्ने। आराम नगर्ने,अधिक काम गर्ने ।यसका साथै काम गर्ने ठाउँको हावापानी र सुत्ने ठाउँको हावापानी नमिल्दा पनि त्यस्तो हुन्छ।’ यसरी बच्न सकिन्छ यसबाट बच्नको लागि पहिले रोग पहिचान जरुरी छ। एप्निया स्लिप भए नभएको पत्ता लगाउन एप्निया हाइपोनिया इन्डेक्स (एएचआई) चेक गर्नुपर्छ।
रोग पहिचान भएपछि ‘सिप्याप’ प्रविधिको प्रयोग गरेर उपचार गर्नुपर्ने डाक्टर सिजापति बताउँछन्। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन सहयोग पुग्छ। निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई सिप्याप प्रविधिले हटाउनेछ ।
तौल सन्तुलन राख्ने, व्यायाम गर्ने, योगा गर्ने र धुमपान मध्यपान नगर्नाले यस्तो प्रकृतिको रोगबाट बच्न सक्ने चिकित्सकहरु बताउँछन्। सुत्नुभन्दा ३ घण्टा पहिले खाना खाने,कोल्टो परेर सुत्ने, सुत्ने कोठमा टिभी नराख्ने र धुमपान नगर्नाले यस्तो रोगको जोखिमबाट बच्न सकिन्छ।
(यो सामग्री विभिन्न अनलाईनमा प्रकाशित फरक/फरक सामग्रीहरुमा समेटिएको चिकित्सकहरुको भनाईको आधारमा तयार पारिएको हो)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




