टोकियो/जापान।यहि डिसेम्बर २६ तारिख,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए)जापानको आयोजनामा नयाँबर्ष २०२३ को शुभकाना आदान -प्रदान तथा बोनेन खाई(忘年会)कार्यक्रम गरिने भएको छ।

एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार,उक्त कार्यक्रम जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको छ । २६ तारिख साँझ ५ः३० बजेबाट आयोजना हुने कार्यक्रममा प्रवक्ता लामिछानेले सम्पूर्ण जापान बासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई सहभागीताको लागि अनुरोध गरेका छन् ।

कार्यक्रममा,एनआरएनए जापानले एक वर्षभरी गरेका कामको जानकारी र आउदै गरेको नयाँ वर्ष सन २०२३ को शुभकामना साथै विभिन्न नेपाली सास्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन प्रदान गरिनेछ ।साथै सहभागीहरुलाई नेपालीपन झल्किने औपचारिक पोशाकमा उपस्थित भईदिनका लागि पनि अनुरोध गरिएको छ ।

कार्क्रममा सहभागी हुन चाहने ब्यक्तिहरुले २३ तारिक भित्र आफ्नो नाम टिपाईसक्नुपर्ने बताईएको छ । थप जानकारीका लागि । सुभाष लामिछाने (प्रबक्ता): 08041336105 (suvash830@gmail.com )
मनोज श्रेष्ठ (सदस्य): 08037342841 ( Shresthamanoz0@gmail.com ) लाई सम्पर्क गर्न सकिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार