एजेन्सी । विश्व तथा ब्राजिली फुटबल लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको छ ।
पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका पेलेलाई पछिल्लो समयमा उनमा क्यान्सर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।
पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।
उनले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। उनले भनिन् ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली।’
अस्पतालले पनि पेलेको निधन भएको पुस्टी गरेको छ। उसले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ। उसले पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ।
पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।
त्यस्तै ब्राजिलियन फुटबल संघले भनेको छ, ‘पेले अल टाइम महान खेलाडीभन्दा पनि अझैमाथि थिए र प्रेरणादायि थिए।’ पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ ‘पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज शन्तसँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।’
‘कालो मोती’का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्मिएका उनका पिता क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् । आमा बुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले बल्व बनाउने थोमस एल्वा एडिसनको नामको एक भाग एडिसन राखिएको हो ।
१५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भए । उनले आफ्नो पुरै व्यवसायिक खेल करिअर नै सान्तोषमा नै बिताएका थिए ।उनको निधनप्रति विश्वका प्रख्यशता खेलाडीसँगै खेलप्रेमीले श्रद्धान्जली दिइरहेका छन् । ब्राजिली नेयमार, पोर्चुगिज क्रिष्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोसससँगै फ्रान्सका केलियन एमबाप्पेले श्रद्धान्जली दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




