जापान आईसक्नु भएको छ या आउनु बाकि हुनुहुन्छ  ? अनि  भाषा स्कुल ( निहोङ्गो गाक्को) सकिए  पछि के पढ्ने  या के गर्ने भनेर अलमलमा हुनुहुन्छ  भने आजको यो मेरो लेख यहाँहरु लाई  पनि  जानकारी मुलक  हुन सक्छ ,  बिशेष गरी जापानमा जापानी भाषाको स्कुल सकिए पछि के पढ्ने ? के पढे मा के गर्न सकिन्छ या कुन पढाईको कस्तो आकर्षन छ , कस्तो बिषय अध्ययन गरे वर्किङ ( काम) गर्न सहज हुन्छ , कमाई कस्तो छ भन्ने कुराहरु बुझ्न जरुरी  छ जस्तो लाग्छ,  कतिपय  अबस्थामा विध्यार्थीहरुले नबुझेरै सेनमोन कलेज गएको पाएको छु , यसरी नबुझी सेनमोन पढ्दा पछि काम गर्ने कम्पनी ( खाइस्या) खोज्न झनझटीलो हुनु , बिषय बस्तु नमिल्नुले विध्यार्थीहरु समस्यामा पर्नुले पनि बिचैमा कलेज नै परिवर्तन गर्नु पर्ने समस्या सम्म भोग्नु परेको अबस्था देखेको छु यसर्थ धेरै जनाले सोध्नु भएको प्रश्न र जिग्यासा बारे अटोमोटिभ टेक्निकल ( कुरुमा)  सम्बन्धी को पढाई , खर्च , कमाई, सेवा सुविधा लगाएतको बिषयमा आजको  यस  लेख बाट  थप चर्चा गर्ने  कोसिस  गर्ने  छु ।
सामान्यतया नेपाल बाट भाषा  विध्यार्थीको रुपमा आईसकेपछि   वर्किङ ( कामदारको रुपमा कम्पनी छिर्नु) हुनु भन्दा अघि जापानी भाषा  कम्तिमा दुई बर्ष  जति अध्ययन गर्नु पर्ने हुन  सक्छ तत्पश्चात् नेपालमै स्नातक  तह ( ब्याचलर डिग्री )  भन्दा माथी को औपचारिक अध्ययन  सकाएर आएको विध्यार्थी हो भने भाषा स्कुल  सकिने वितिकै  वर्ज पर्मिट भिजा  ( काम गर्ने अनुमति भिजा) अप्लाई गर्न सक्छ ,  वर्किङ तिर लाग्ने इच्छा हुनेले नेपालमा पढेको विषयबस्तु अनुसारको काम , कम्पनी खोजेर काम  गर्न सकिन्छ तर नेपालमा प्लस टु मात्रै पढेको विध्यार्थीहरुको हकमा भने भाषा स्कुल    सकिने वितिक्कै  सेनमोन कलेज को हकमा दुई या तीन बर्ष , अनि युनीभर्सिटी हकमा ३ या ४ बर्ष पढ्नु पर्ने बाध्यता रहेको छ  अथवा  सेनमोन  कलेजको अर्थ यहाँहरुलाई सहज तरिकाले बुझाउ नेपालमा सिटिईभिटी ( CTEVT )  अर्थात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम  भन्ने सुन्नु भएकै होला , हो ठिक यस्तै जापानमा पनि सेन्मोन कलेज पढ्नु पर्छ , आफुले काम गर्न चाहेको काम सँग सम्बन्धित  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिनै पर्ने हुन्छ अनि मात्र जापानमा वर्किङ  पर्मिट पाउ सहज  हुने छ , त्यसो त आजको बिषय बस्तु तिर लागौँ  :

पछिल्लो समय जापानमा विदेशी विध्यार्थीहरुको अटो  मेकानिकल  पढाई प्रति को  आकर्षन बढ्दो छ ,  अटो  मेकानिकल  ईन्जिनेयरिङ अर्थात  सरल तरिकाले  बुझ्ने हो भने  गाडी सम्बन्धीको मर्मत सम्भार   तथा चेकजाच हो ,  नेपाल र जापानमा गाडीको मर्मत  सम्भार गर्ने तरिका बिल्कुल फरक छ , नेपालमा हाल सम्म  मैले देखेको , बुझेको अनुसार गाडी मर्मत सम्भार  गर्ने  व्यक्तिलाई  अनुपति पत्र ( लाईसेन्स ) चाहिन्न ,  नेपाल सरकारले पनि यसको अनिवार्य गरेको मलाई जानकारी छैन, जस्ले पनि सहज रुपमा मर्मत सम्भार गर्न सक्छ  , बनाउन सक्छ  तर जापानमा ठिक फरक छ, जापानमा  प्रत्येक महिना ,  प्रत्येक बर्ष  सवारी साधान     अबस्था, चेकजाँच , मर्मत सम्भार गर्न सरकारले नियमै बनाएको छ ,   यदि यस नियम विपरित कोहि कसै लागे सडकमा सवारी  साधन गुडाउन नपाउने देखी अन्य कानुनी कार्बाही  समेत भोग्नु पर्ने हुन सक्छ ,  यस  अर्थमा पनि  सवारी  साधान तोकिएको मापदन्ड अनुरुप मर्मत सम्भार देखी  चेकजाँच गर्न सम्म सवारी साधन सम्बन्धी  अध्ययन  गरेको   लाईसेन्स प्राप्त व्यक्ति चाहिन्छ  यसर्थ  पनि जापानले बर्षेनी जापानी तथा विदेशी  नागरिक गरी हजारौँको सङ्ख्यामा अटो  मेकानिक उत्पादन गरिरहेको छ ।

सम्भवतःजापान  टेक्नोलोजी को क्षेत्रमा धेरै अघि हुनु पर्छ ,  र छ पनि  , जापान आफैले पनि विभिन्न ठुला ठुला गाडी  उत्पादन गर्ने  गर्दछ , हजारौँको संङ्ख्यामा जापानमा   सवारी साधन उत्पादन गर्ने कम्पनीहरु रहेको छ , टोयोटा, होन्डा, मिच्सुविसी, सुबारु , निशानजस्ता थुप्रै  कम्पनीहरु छन् , जस्ले  विश्व बजारमा  आफ्नो उत्पादन निर्यात गरिरहेका छन् ,  यी र यस्ता  कम्पनीहरुमा काम  गर्नको लागी अटो टेक्निकल कलेज नपढी सम्भव  नहुने भएको छ ।

पछिल्लो समयको कोभिड -१९ पछि अवस्थालाई हेर्ने हो भने तुलनात्मक हिसाबले अन्य क्षेत्रमा पढ्ने विध्यार्थीहरु भन्दा अटो टेक्निकल सम्बन्धी अध्ययन गने विदेशी विध्यार्थीहरुको आकर्षन बढ्दो छ, यसको प्रमुख कारण विध्यार्थीहरुलाई वर्किङ गर्न छिटो , सरल, सहज, सजिलो र झनझटिलो नहुनु नै हो, सजिलैले आफुले भनेको ,खोजे अनुसारको कम्पनीहरुमा जान पाउनु , त्यस संगै आकर्षक  तलब ( स्यालारी ) , कम्पनीले दिने सेवा सुविधा कारणले पनि  अटो टेक्निकल विषय पढ्ने विध्यार्थीहरुको सङ्ख्या  पछिल्लो समय एकदमै बढेको देखेको छु ,  र  अझै  बढ्ने  क्रम   जारी रहेको छ ।    यसो त अन्य बिषय पढ्ने विध्यार्थीहरुको हकमा वर्किङ नै नलाग्ने , सेवा सुविधा नै हुन्न भन्ने चाई हुदै होइन ।

अब कुरा गरौँ  तलब ( स्यालरी) तथा  सेवा   सुविधाहरुको :   

हाल म पनि विध्यार्थीनै रहेको तथापी पनि   पढाई पश्चात को  कम्पनी  तय गरी सकेको छु ,यसर्थ आज  सोही कम्पनीकै  तलब स्केल  तथा सेवा सुविधाहरुको  आधारमा तलब ( स्यालरी) तथा  सेवा   सुविधाहरुको चर्चा  गर्ने  कोसिस गर्ने छु  ।

तुलनात्मक हिसाबले  अन्य कम्पनी र  मेरोकम्पनी को तलब स्केलमा त्यस्तो धेरै फरक भने छैन ,  मासिक पारिश्रमिक भने कम्तामा पनि  दुई लाख माथी  नै रहेको पाएको छु  (यसमा केहि तल माथी हुन सक्छ) यस सङै बस्नको लागी आवासको सुविधा, होकेन, नेनकिन को सुविधा, भिजा  सम्बन्धी सपोर्ट, बर्षमा ५ देखी १० लाख सम्मको बोनसको सुविधा , विवाह पश्चात डिपेन्डेन्टमा बस्ने लाई पारिवारिक आर्थिक सुविधा लगायत कम्पनी अनुसार अन्य थुप्रै सुविधा समेत रहेको हुन्छ  , यसमा कम्पनी अनुसार फरक – फरक सुविधा पनि हुन सक्छ ।

कस्तो विध्यार्थीहरुको लागी हुन सक्छ अटो  मोटिभ कलेज   र कति जति खर्च लाग्ला ?

पहिले कुरो त तपाइमा इच्छा शक्ती हुन पर्छ अनि जापानी भाषा  स्कुल पढेको हुनुपर्छ, भाषाका लेभलहरु एन ३ या २   अथवा त्यो भन्दा माथी गर्नु भएको छ भने झनै थप सहज हुनेछ , प्राय अटो मोटिभ कलेजहरुले भाषा लेभलका सर्टीफिकेटहरु  जस्तै एन ३ या  एन २  , १ का सर्टीफिकेटहरु खोज्ने गरेको  पाईन्छ  भने कतिपय अबस्थामा भाषाका लेभलहरु एन ३ या  एन २  , १ उतिर्ण भएको विध्यार्थीहरुलाइ भर्णा शुल्क पनि घटाउने कलेजहरु पनि छन्,  अटो मोटिभकलेजहरुको शुल्क भने कलेज अनुसार पनि  फरक फरक रहेको छ तसर्थ पनि लगभग दुई बर्षको कोर्ष सकाउनु लाई  १५ लाख देखि  १६ /१७ लाख सम्म लाग्न सक्छ , त्यस्तै प्राय कलेजहरुले विध्यार्थीहरुलाई ३ बर्षे कोर्ष पढ्न सुझाउ दिन्छन् , या पढ्नै पर्छ भन्ने  गरेको पाईन्छ ,  यस्तो नियम चाई कलेज अनुसार   फरक फरक  हुनसक्छ , ३ बर्षे या २ बर्षे कुन कोर्ष पढ्ने त्यो तपाई को इच्छा हो  तर म चाइ दुइ बर्षे कोर्ष नै पढ्न सुझाउ दिन्छु ।

अन्तमा  मैले यो लेख आफु स्वंयम अटो मोटिभ टेक्निकल को विध्यार्थी भएको हिसाबले आफ्नो तर्फ बाट जति बुझेको छु त्यतिनै लेख्ने कोसिस गरेको छु ,   बाकी थप कुराहरु कम्पनी मै  वर्किङ भैसक्नु भएको   सेन्पाई या यस विषय सँग जानकार सम्बन्धित व्यक्तिहरु सँग पनि सोधपुछ गरेर पनि बुझ्न सक्नु हुने छ ।

माओदिप थुलुङ राई
(विध्यार्थी)
कादान अटोमोटिभ कलेज ,
मियागी सेन्दाई  , जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार