गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै परियोजनाका लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग निकासा गरेको छ ।
एनसिसी जापानले संस्थाको खातामा रहेको रकमबाट पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थाका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।
यसैगरि मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
यस बाहेक भलिबल र ब्लड कोल्ड स्टोरका लागि कुल ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
अध्यक्ष शिव प्रसाद पौडेल नेतृत्वको वर्तमान गैर आवासिय नेपाली संघ जापानको कार्यसमितिले केहि सय येनबाट कार्यकाल सुरुगरेपनि पूर्व कार्यसमितिबाट ढिलो गरि हस्तान्तरण गरिएको रकम र कार्यसमितिको पहलबाट संकलित रकम समेतबाट नेपालमा यसअघि समेत विभिन्न सामाजिक कामको लागि २० लाख भन्दा बढिको आर्थिक सहायता प्रदान गरिसकेको छ ।
सबै कार्यसमिति सदस्यहरुबाट प्राप्त परियोजनाका लागि समेत प्रति परियोजना ७०,००० येन बिनियोजन गरेर नेपालमा सामाजिक कार्यक्रमलाई प्रोत्साहन गरेको कार्यसमितिले अहिले नेपाली राजदूतावासबाट संचालन भइरहेको घुम्ति सेवामा सक्रिय सहयोगका साथै स्वास्थ्य शिविर आयोजना लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
पोखरामा निर्माण हुन लागेको स्मार्ट शौचालयको लागि अनुमानित बजेट करिब १ करोड रुपैयाँ रहेको छ । जसमा एनआरएनएले लागतको ६० प्रतिशत योगदान गर्ने सम्झौतामा उल्लेख छ । गैर आवासीय नेपाली संघका अनुसार आर्थिक सहयोग गर्ने दाताहरुको नाम सो क्षेत्रमा सूचिकृत गरिने भएको छ ।
त्यस्तै, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि सहयोग रकम संकलन हुने क्रम जारी रहेको छ । परियोजनाका संयोजक एवं आईसिसी कोषाध्यक्ष सुनील साहले विभिन्न एनसिसी तथा गैर आवासीय नेपालीहरुबाट रकम संकलन हुने क्रम जारी रहेकाले चाँडै यो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




