लक्ष्मी पौडेल/ टोकियो जापान । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली राजदुताबास जापानसँगको सहकार्यमा एनआरएनए जापानद्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवा हुने भएको छ ।

यही फेब्रुअरी १९ तारिख आईतवार बिहान १० बजे देखी साझ ५ बजेसम्म टोकियोको आशागयामा रहेको एभरेष्ट इन्टरनेश्नल स्कुलमा शिविर सन्चानल हुने बताईएको छ जापानमा भाषाका कारण वा बिभिन्न समस्याले आफ्नो स्वास्थ्य चेक जाँच गर्न नसकेका नेपाली र पछिल्लो समय आकस्मिक घटिरहेका दुखद घटनालाई मध्यनजर गर्दै न्यूनीकरण गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारीले जानकारी दिईन् ।

रोगले ग्रस्त भएर उपचार गर्नु भन्दा पनि आफ्नो स्वास्थ्य अबस्था बारे जानकार रहनु महत्वपूर्ण भएकोले आफ्नो स्वास्थ्य चेकजांच गर्रेर यो अवसरको लाभ लिन जापानवासि नेपालीहरुमा अनुरोध गरिएको छ।

शिविरमा मुटु रोग विशेषज्ञ डा. सन्दिप शाक्य, दन्त चिकित्सक डा. सुप्रिय शाक्य, क्लिनिकल परिक्षण प्रबन्धक डा. सुबास अधिकारी, सामान्य तथा पेट र आन्द्रा रोग विशेषज्ञ डा. ससीम पौडेल, नशा तथा टाउको सम्बन्धित रोग विशेषज्ञ डा. लुसुन चालिसे, रेडियोलोजी तथा नाभिकिय चिकित्सा विशेषज्ञ डा. सुमन श्रेष्ठ तथा नर्सहरु एलिजा के.सी. भण्डारी, सुजता अधिकारी र दृष्टि श्रेष्ठ लगायत अन्य स्वास्थ्य कर्मिहरुवाट नेपाली भाषामै सेवा लिन सकिने जनाईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार