विश्वका विभिन्न मुलुकहरुमध्ये पछिल्लो समय नेपालीहरुको लागि जापान पनि प्रमुख गन्तव्य भएको छ।विशेषगरी जापानमा विद्यार्थी भिसा, वर्किङ्ग भिसा, व्यावसायिक भिसा,पारिवारिक भिसा र पछिल्लो समय तोकुतेइ गिनोउ भिसामा पनि नेपालीहरु आइरहेका छन।अधिकांश व्यक्तिहरुलाई जापान आउदैँ गर्दा प्रमुख समस्या हुने भनेकै भाषा हो त्यसैले विद्यार्थी बाहेकका अन्य भिसामा आउँदा पनि नेपालबाट नै भाषा सिकाईलाई विशेष प्राथमिकता दिन सकियो भने जापानको बसाईमा थप सहज हुन सक्दछ।हामी नेपालीहरुको रहनसहन र जापानीजहरुको रहनसहनमा धेरै कुराहरुमा भिन्नता भएको कारणले पनि कतिपय हाम्रा बानी व्यवहार हामीले सहि ठान्दा ठान्दै पनि उनिहरुलाई मन नपर्न पनि सक्दछ।
विगत केहि वर्ष पहिले जापानमा विद्यार्थी भिसामा आउने अधिकांश विद्यार्थीहरु नेपालबाट स्नातक पास वा स्नातकोत्तर अध्ययन गर्दै गरेका व्यक्तिहरु हुने गर्थे भने पछिल्लो समय अधिकांश +२ सकेर जापान आएको देखिन्छ।पछिल्लो समय जापान आएका नयाँ भाईबहिनीहरु धेरैमा नैतिक सङ्गै व्यवहारिक ज्ञान तथा जिम्मावारी लाई वेवास्ता गरेको होकि भन्ने धेरैको सोचाई पनि रहेको छ।जापान आफैँमा समय र नियमको परिधि भित्र रहेर अघि बढ्नुपर्ने यहाँको संस्कार नै रहेको छ। त्यसैले जापानमा सार्वजनिक यातायातमा यात्रा गर्दा,सडकमा जेब्रा क्रसिङ्ग पार गर्दै गर्दा,गाक्कोउमा अनिवार्य उपस्थितिको सम्बन्धमा,काममा बिदा बस्नुपर्दा, तिर्नुपर्ने रकम,तोकेको समय र क्षेत्र अनुसार काम लगायत विभिन्न कुराहरुमा विशेष ध्यान दिन जरुरी देखिन्छ।सुरुमा हामीलाई धेरै कुराहरु थाहा हुदैँन त्यसैले केहि गल्तिहरु हुने गर्दछन तर कतिपय व्यक्तिहरुले जानिजानि पनि यस्ता गल्तिहरु गरेको पाईन्छ।
पछिल्लो समय जापानमा नेपालीहरुलाई काम लगाईदिँदा पनि चुनौती नै लिनुपर्ने देखिन्छ सुरुमा काम काम भन्छन त्यसपछि कामको कुरा गरेर मेनसेचुको समय तोक्यो अनि दाई म त आज जान भ्याउँदिन,अलिक ढिलो हुन्छ होला र केहि दिनमा फेरि दाई मैले अर्को काम पाएँ त्यहाँ काम छोड्छु होला, दाई काम टाढा भयो ,अनि कतिपयले थाहा नदिई काम नै छोडिदिने जस्ता विभिन्न समस्याहरु भोग्नुपरेको धेरैको गुनासो पनि सुनिएको छ।हामी जो कोहि पनि राम्रो अवसरको खोजिमा रहेको हुन्छौँ तर हामीले राम्रो अवसरलाई अङ्गाल्दै गर्दा आफ्नो जिम्मेवारीलाई पनि प्रकृया अनुरुप पुरा गर्नुपर्द्छ।
विशेषगरी हामी नेपालीहरु अधिकांशले अध्ययनलाई दोस्रो प्राथमिकता राखेर पैसा कमाउन तिर ध्यान दिने गर्दछौँ यो हाम्रो बाध्यता पनि रहेको छ। नेपालबाट ब्याजमा रिन खोजि आएको रकम तिर्न पनि हतार भएको हुन्छ। हामी धेरैजसो नेपालमा हुदाँ सामान्य तरिकाले घर नजिकैको विद्यालयमा घरमै तयार भएको खाना खाने जाने आउने गर्दछौँ भने आर्थिक भारको कुनै अनुभव पनि गरेका हुदैनौँ तर जापान आईसकेपछि काधँमा ठुलै जिम्मावारी र भविष्यको लागि ठुलै सपना पनि बोकेका हुन्छौँ ।
यि कुराहरु प्राप्त गर्न त्यहि सहज पनि छैन तर आफु मिहिनेतका साथ लगनशील भएर अघि बढ्न अत्यन्तै जरुरी हुन्छ जसको लागि हामीमा परिपक्वता , धैर्यता, अनुशासन ,व्यवहारिक ज्ञान लगायत विभिन्न कुराहरु आवश्यक पर्दछ।पछिल्लो समय केहि गाक्कोउहरुले समयमा शुल्क तिर्न नसक्दा विद्यार्थीहरुलाई धम्काउने, भिसा अप्लाईको डकुमेण्ट दिन किचकिच गर्ने लगायत सेनमोन तथा दाईगाकु र कम्पनी प्रवेशको लागि कुनै पनि किसिमको सहयोग नगर्ने जस्ता विभिन्न घटनाहरु पनि पछिल्लो समय बढेको सुनिन्छ ।जापान आउने केहि व्यक्तिहरु आर्थिक समस्याको कारणले नै आत्महत्याको शिकार बन्न पुगेको पनि देखिन्छ साथै केहि भाईबहिनीहरु अपरिपक्व उमेरमा नै लिभिङ टुगेदर बस्ने तर विभिन्न कारणले एक अर्कामा झगडा गरि गलत निर्णय लिने गरेको पाईन्छ । त्यसैले यस्ता किसिमका समस्याहरुबाट टाढै रहन र आफ्नो जीवनलाई सहजताका साथ अघि बढाउन विभिन्न किसिमका समस्या र चुनौतीहरुलाई सामना गर्न पनि व्यवहारिक ज्ञान हुन अत्यन्तै जरुरी पर्दछ।
पछिल्लो समय नेपालीहरुबाट भएका विभिन्न घटनाहरु जसले गर्दा हामी नेपालीहरुलाई लज्जित बनाउदैँ गएको छ। व्यक्तिगत तथा वैचारिक विमतिको कारण एक-आपसमा झगडा गरी विवादलाई पुलिस केस सम्म पुर्याउनु ,विभिन्न सार्वजनिक स्थल तथा रेस्टुरेन्टहरुमा नेपाली दाजुभाईहरु नै एक-आपसमा झगडा गरि अपशब्द प्रयोग गरि काटाकाट देखि मार्ने सम्म विभिन्न घटनाका प्रयासहरु भएको पनि देख्न तथा सुन्न पाइन्छ। अत्याधिक मदिरा सेवन पश्चात एक-आपसमा नै झगडा गरी विभिन्न घटनाहरु निम्त्याउने प्रवृतिले सिन्ङो नेपालीहरुप्रति नै नकारात्मक सन्देश गएको हुन सक्दछ। कतिपय दाजुभाईहरुले मदिराको मातमा कम्बिनिमा गएर पसलको कर्मचारीलाई नै थर्काउने र होहल्ला गरेको समचारहरु पनि यताकता सुन्ने गरिन्छ। जापानमा यस्ता घट्नाहरुले गर्दा हामी नेपालीहरुप्रतिको छविमा नै दाग त लाग्ने हैन कतै!
विदेशी भूमि जुनसुकै देश भएपनि हामीले सोचेभन्दा पक्कै पनि केहि न केहि फरक हुन्छ नै त्यसैले आफुलाई धैर्यता बनाई अघि बढ्न जरुरी हुन्छ त्यसैले हाम्रो जीवनमा आउने विभिन्न किसिमका अवसर र चुनौतीहरुलाई सामना गर्नको लागि पनि व्यावहारिक ज्ञानको आवश्यक पर्दछ ।हामीले यसलाई सामान्य रुपमा सोचिएतापनि जीवनको भोगाईलाई सहजतापुर्वक अघि बढाउन पनि निकै महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ। विशेषगरी जापानमा सुनौलो भविष्य र सपना बोकेर आएका भाईबहिनीहरुले पनि यसलाई मनन गरेर अघि बढ्ने हो भने अवश्य पनि ति सपनाहरु पुरा हुनेछ।
मोहन कुवर
सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




