पछील्लो समय नया भाई बहिनी हरुको जापान प्रवेश संगै ह्याण्डक्यास(Handcash) काम लगाई दिन्छु भन्दै केही दाजु भाई हरुले ससाना बहिनी हरु लाई वा भाषा कम्जोर भएका नया जो कोही लाई पनी र उनीहरुको कम्जोरी को फाउदा उठाउने नियत ले केही सेनपाई हरु ले होटल जानु भन्दै होटल लगि जवरजस्ति गर्ने काम चाहिएमा पहिला रेस्टुरेन्ट आउ भेट्न वा रुम मा लाने जवरजस्ति गर्ने गरिएको केस हरु धेरै दिन प्रतिदिन बड्दै गई रहेको केस हरु सुन्नमा आई रहेको छन र सहयोग को लागी धेरै जनाले म्यासेज गर्दै यस्तो गर्यो उस्तो गर्यो कसैलाई भनौ भने आफ्नै ईजत जान्छ बोल्न पनी आउदैन कसैलाई भन्न पनी डर लाग्छ भनि रहदा !

१.कसैले पनी जाबो काम को लागी को कस्तो मान्छे हो चाडै काम पाउने होडबाजीमा अपरिचित लाई भेट्न जाने रुम जाने नगरौ यसो गर्नाले तपाई को सहमति मा रुम वा होटल गईएको हो भन्ने हुन सक्दछ र कुनै पनी सहयोग नमिल्न सक्दछ ! यदि कुनै कुरा मा संका लागेमा पहिलै सचेत हुने गरौ !

२.जापान आउदा २/४ महिना लाई पुग्ने गरि खर्च बोकेर आउनु होला जस्ले गर्दा आएको २/४ महिना पछी विस्तारै पढाई संगै काम हरु पनी पाईने छ र सबैले पाई रहनु भएकै छ कोही पनी काम नपाएर फर्किएको अवस्था भने आजसम्म कतै पनी छैन !

३. केही यस्ता पनी भेटिन्छन जो काम पनी पाईन्छ धुम्न खान पनी पाईन्छ हामी जे गरौ तहरु लाई बाल भयो भनि हिडी रहेका हरुले गर्दा पनी नया अनजान दिदी बहिनी हरु लाई प्रयोग गरि रहेको पाईन्छ !

४. आरु ले काम पाई सके मैले पाईन लै न जसरि पनी काम पाउनु पर्यो सोचेर यसरि कसैको जालझेलमा नपरौ तपाई ले गरेको गल्ति हरुले गर्दा नया अनजान दिदी बहिनी हरु ले पनी यसै नगरि काम नपाईने पो होकी भनेर गलत सोच राख्न बाध्य परि रहनु त भएको छैन नी !

५. मैले फलानो ले यस्तो गरो मलाई भनेर भन्न डर भएको छ कलैलाई भनियो भने उसैले बोलाएर गलत नजर ले हेर्छ हामी कता जाने कस्लाई गुहार माग्ने भनेर भन्नु हुन्छ ! जापान मा सबैले यस्तो गर्ने गर्दछन भन्ने पक्कै पनी छैन यति गलत नै भएको हो तपाई संग र तपाई लाई सहयोग चाहिएमा प्रमाण सहित अगाडी आउनु होला जस्ले गर्दा तपाई लाई हामीले सहयोग गर्न सहज हुन्छ र कार्वाही प्रक्रिया अगाडी बड्न सक्दछ !
६.रातारात काम पाउने पैसा कमाउने सोचले गर्दा र आफुले पनी गलत गरियो वा कसैले बोलाउदैमा होटल पार्क रेस्टुरेन्ट जाने भेट्ने रक्सि खाने रमाईलो गर्ने काम पनी पाईएन फलानो ले यस्तो गर्दियो भनियो भने गल्ति आफ्नै हुन जान्छ त्यसैले कलै संग काम को कुरा गर्दा फलानो ठाउ आईज यता उता आईज भन्छ भने एक्लै नजानु होला साथि लिएर जानु होला !
७. केही काम लगाई दिने हरु ले नै बहिनीहरु लाई मात्र काम लगाउने भाईहरुको कल आयो म्यासेज गरियो भने कि काम छैन भन्ने कि म्यासेज को रिप्लाई नै नगरिएका घटनाहरु नया भने हैन्न !

८. आफ्नो खुशीले संगै बस्ने घुम्ने खाने गलत काम गर्ने र पछी समबंन्ध विग्रिए पछी एक अर्का लाई आरोप पत्यारोप लगाई आफु आफु बचाउमा लाग्ने केस हरु पनी अत्यान्तै धेरै बडेको छन सबैले पहिलै राम्रो संग बुझेर मात्र हिड्नु होला !

९. हामी सबै दुख गर्न परिवार पाल्न भविष्य बनाउन आएर गलत काम गर्ने गलत नजर ले हेर्ने र सहयोग को नाम मा कसैलाई पनी प्रयोग गर्ने नगरौ सहयोग को भावना र मानवियता कसैले नभुलौ भोली तपाई हामीहरुका चेलिबेटी माथि पर्न गएमा के होला राम्रो संग सोचौ !

१०.काम लगाई दिन्छु भनि कलैले पहिलै पैसा माग्दैछ भने नबुझि काम नै नलगाई पैसा दिएको र पछी फेसबुक वा नम्बर मा बल्क गरि फरार भएका अटनाहरु पनी उत्तिकै छन यस्तो कुराहरुमा सचेत रहनु होला !

११. फेसबुकमा हालेको पोस्ट कै आधारमा राम्रो संग नबुझी अनलाईन समान मगाउने वा काम पाईन्छ भनेर पैसा पहिलै दिने हरु र पछी आफु ठगिएको गुनासा हरु अत्यान्तै बडी रहेको छन ख्याल गर्नु होला !

१२. आफु मन खुशीले राजिखुशी भएर संगै बस्ने हिड्ने हरु को कुरा काट्ने फलानो यो त्यो फलानी यस्ती उस्ति पनी कसैले नभनौ किन कि कसैको स्वतंन्त्र जिउन पाउने अधिकार सबैमा हुन्छ कम्तिमा पनी १२ पढेर आएकोहरुले यति कुरा पक्कै पनी बुझेको हुन्छन पछी केही परेमा उनीहरु स्वयम जिम्मेदारी हुनेछन अरुको कुरामा ठाउको कसैले नदुखाउ कसैको पनी चरित्र हत्या नगरौ ! तर यदि तपाई माथि यस्तो गलत द्रिष्टी गलत नजर ले हेर्ने काम गर्दै गर्दा वा कलेज तिर पछाडी बाट छुने जिस्काउने गरि तपाई माथि असर पुग्न गएमा वा यस्तो दुर्व्यावहार गरिएको पाईएमा मा कसैलाई जवरजस्ति गरिएको पाईएमा कानुन बमोजिम को कार्वाही हुने हुदा कसैले यस्तो गर्दैछ र तपाई लाई थाहा भयो भने आफ्नो कलेज लाई वा पोलिस वा कतै काम गर्ने ठाउमै भए पनी आफ्नो चिनेको वा कम्पनीको व्याक्ति लाई खबरदारी गरि हाल्नु होला !

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार