अहिलेको परीवेशमा जापान धेरै नेपाली विद्यार्थीहरुका लागि सपनाको देश बनेको छ । सन २०१९ को कोरोना महामारी सँगै
बोर्डर बन्द गरेको जापानले २०२२ मा बिदेशी विद्यार्थी लगायत सम्पूर्णका लागि प्रवेश खुल्ला गरेको थियो । सन २०२२ मा प्रवेश गरेका विद्यार्थी सन २०२४ को मार्च मा ग्राजुएट(卒業) हुने भएकाले सन २०२३ मा धेरै भाषा बिद्यालयले भर्ना खोलेनन्। तर नेपालमा भने जापान मोह बढ्दै नै गयो ।अप्लाई गर्नेको भिड भने कम भएन फलस्वरुप धेरैको हातमा निराशजनक नतिजा हात पर्यो ।
सन २०२२ मा चार वटा। ईन्टेक मा १७,४४३ जनाले अप्लाई गरेका थिए भने यस वर्ष एउटै इन्टेक मा २९,८७४ जनाले अप्लाई गरे । विद्यार्थीको कोटा कम र अप्प्लाई संख्या बढी भएकोले पनि नतिजा सोचेजस्तो नभएको अनुमान गर्न सकिन्छ।
JALSA (Japanese Language School Association) का अनुसार सन २०२३ अप्रिल इन्टेकमा जापान आउनका लागि बिभिन्न देशबाट २९,८७४ जनाले अप्पलाई गरेका थिए भने २२,८६४ जनाले (COE )प्राप्त गरेका छन् । यस बर्ष एउटै इन्टेकमा सबैभन्दा धेरै COE अप्लाई देश नेपाल हो,जहाँबाट १०,२२२ जना रहेका थिए। जस मध्ये ५९.७ प्रतिशत अर्थात् ६,१०४ जनाले COE प्राप्त गरेर सबै भन्दा थोरै सफलता प्राप्त गर्ने सुचीमा परेको छ।
गत बर्ष सन २०२२ को ४ वटा इन्टेक गरेर नेपाल बाट ५,६९८ जनाको अप्लाई भएको थियो जसमा ४,०९८ जना अर्थात ७१.९ % ले COE प्राप्त गरेका थिए । COE रिजेक्ट भएका मध्य अधिकांश को 4E,4K रिजन देखाएको छ जस्को अर्थ बैंक ब्यलेन्स र बैंक स्टेटमेन्ट रहेको छ ।
यस बर्ष सबै भन्दा धेरै COE प्राप्त गर्ने देशहरुमा भने चिन ६,५९० जना मा ६,५८६ जना यानेकी ९८.४ % ताईवान ६३०मा ६१३ जना यानेकी ९७.३%र कोरिया २७९ मा २७० यानेकी ९६.८ % रहेको पाइएको छ ।
यो डेटा (JaLSA ले गरेको ४९० भाषा बिद्यालयमा गरेको सर्वेक्षणमा आधारित छ)
अब COE रिजेक्ट हुनेहरुको लागि जापानको ढोका बन्द भएको भने अवश्य होइन। के के छन् त विकल्प
१. रि अप्प्लाई
२. Internal Trainee Internee Visa 技能実習生
३. SSW Visa 特定技能
४. Bachelor पछि सिधै वोर्किङ Visa
यि ४ वटा उपायको बारेमा यस पछीको लेखमा विस्त्रित जानकारी गराउने छु ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




