विश्वसामु कुनै पनि देशको उच्च स्वाभिमान र पहिचान गराउनको लागि खेलजगतलाई एउटा मेरुदण्डको रुपमा लिइन्छ जसले उक्त देशका नागरिकहरुलाई पनि एकजुट बनाएको हुन्छ। यसैक्रममा पछिल्लो समय नेपाली क्रिकेट जगतले प्राप्त गरेको सफलताले नेपाली खेलाडीहरु पनि क्रिकेट क्षेत्रमा अब्बल रहेको कुरा विश्वसामु प्रमाणित गरेका छन। देशमा खेलकुदको लागि आवश्यक मात्रामा पुर्वधारहरुको संरचना नहुदाँनहुदैँ साथै खेलाडीहरुको लागि आवश्यक मात्रामा हुनुपर्ने सेवा सुविधाको अभावको बाबाजुत पनि राष्ट्रको लागि खेलाडीहरुले गरेको योगदान अतुलनीय छ।यो भन्दा पहिले पनि नेपालले कप्तान पारस खड्काको नेतृत्वमा २०१४ मा बङ्गलादेशमा आयोजित T20 विश्वकप खेल्ने अवसर पाएको थियो उक्त खेलमा नेपालले हङकङ्ग र अफागानिस्तानलाई जितेको थियो भने बङ्गलादेश सङ्ग हार ब्यहोर्नु परेको थियो।
नेपाली क्रिकेट जगतमा एकपछि अर्को सफलता प्राप्त गर्दै नेपालले २०१८ मा अन्तिम खेलमा नेदरल्यान्डलाई पराजित गर्दै एकदिवशीय मान्यता (ओडिआई ) प्राप्त गरेको थियो। नेपालले एकपछि अर्को सफलता प्राप्त गर्दै गयो तर देशमा न एउटा अन्तराष्ट्रिय स्तरको रङ्गशाला बन्न सक्यो न खेलाडीहरुको लागि दिर्घकालिन सुरक्षाको प्रत्याभुति हुन सक्यो मात्रै खेल जितेर आए भने सरकारको तर्फबाट जनही नगद पुरस्कार दिने प्रवृत्तिमा नै सीमित रह्यो जसले खेलाडीहरुमा क्षणिक खुशि त प्रदान गर्ला तर दिर्घकालिन सन्तुष्टि प्राप्त हुन सक्दैन।
यसैक्रममा नेपाली क्रिकेटमा क्यान तथा खेलाडीहरु विच देखिएको विवाद तथा खेलाडीहरुलाई गरिएको निलम्बनले गर्दा खेल झनझन दयनिय अवस्थामा गएको थियो। पारस खड्काको राजिनामा पछि ज्ञानेन्द्र मल्ल कप्तानमा नियुक्ति भए त्यसपछि खेलाडीहरुको श्रेणी विभाजन सम्बन्धि विवाद लगायत अन्य कुराहरुले गर्दा नेपाली क्रिकेट टिम झन- झन नाजुक हुदैँ गयो र कप्तान ज्ञानेन्द्र मल्लले पनि राजिनामा दिन पुगे यस्तै कठिन परिस्थितिको रुपमा रोमलिएको नेपाली क्रिकेट टिमले कमजोर खेल प्रर्दशन गरिरहेको थियो। त्यसपछि सन्दीप लामिछाने कप्तान नियुक्ति भए तर केहि महिनामै सन्दीप लामिछाने नाबालिग बलात्कार अभियोगमा पुर्वपक्षका लागि जेल पुगे।यस लगत्तै नेपालले फेरि नयाँ कप्तानका रुपमा कार्तिक २६ गते रोहित कुमार पौडेललाई पायो भने यहि माघ २३ गते मात्रै भारतीय खेल प्रशिक्षक मोन्टी देशाई नयाँ प्रशिक्षको रुपमा पायो। यो बीचमा नेपालका लागि चार कप्तान परिवर्तन हुँदा पाँच प्रशिक्षक परिवर्तन भए । पहिलो सिरिज खेलाएर भारतीय प्रशिक्षक उमेश पटुवाल बिदाबारी भए । त्यसपछि डेभ ह्वाटमोरको प्रशिक्षणमा खेलेको नेपालले पुबुदु दाशानायके र मनोज प्रभाकरकोसमेत प्रशिक्षण पायो । तर, मोन्टी देशाईको आगमनपछि भने नेपाली टिममा व्यापक सुधार देखियो । मोन्टीको आगमनसँगै नेपाली ब्याटिङले आशातित सुधार गरेको छ । विगतमा सीमित खेलाडीहरुमा मात्र नेपालको ब्याटिङ्ग निर्भर हुने गर्थ्यो भने यसपाली फरक फरक खेलमा फरक फरक खेलाडीहरुले उच्च प्रर्दशन गरेको हुनाले पनि नेपालको ब्याटिङ्ग लाईनमा उल्लेखनीय सुधार आएको देखिन्छ।
करिब १ महिना भित्रमा नेपाली क्रिकेट ले प्राप्त गरेको अप्रत्यासिलो सफलता
आईसीसी क्रिकेट विश्वकप लिग–२ को श्रङ्खलाका पछिल्ला खेलमा नेपालले नसोचेकै रुपमा सफलता प्राप्त गर्यो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निर्धारण गरेको एकदिवशीय मान्यता प्राप्त पनि नेपालले गुमाउने अवस्थामा पुगेको थियो जसमा ३६ खेल मध्ये २४ खेल खेल्दा नेपालले जम्मा १८ अंकमात्र जोड्न सकेको थियो । लिगको बाँकी १२ खेल रहदा ९ खेल जित्नै पर्ने दबाद थियो जसमा झिनो आशा मात्र थियो । १२ खेल मध्ये सुरुको चार खेल नेपालको घरेलु मैदानमा नामिबिया र स्कटल्याण्ड सङ्ग थियो नेपालले उक्त खेल खेल्दा पुर्व कप्तान सन्दिप लामिछानेको पनि पुन आगमन भएको थियो साथै नयाँ परिक्षकको साथमा नेपालले ४ खेलमा ४ जित नै आफ्नो हातमा पार्दै क्लिन स्वीप नै गर्यो । त्यसपछि लगत्तै नेपाल यूएई गएर बाकीँ ८ खेल मध्ये ४ खेल यूएईको घरेलु मैदानमा यूएई र पपुवा न्युगिनि सँग खेल्यो उक्त खेलमा पनि नेपालले ३ खेलमा जित हात पार्दै ६ अङ्क बटुल्न सफल भयो भने १ खेल यूएई सङ्ग हार्न पुग्यो।
फेरि उक्त टिम सङ्ग लिग २ को अन्तिम चरणको खेल नेपालको घरेलु मैदानमा खेल्यो।
नेपालको हातमा बाकी ४ खेल थियो ओडिआई मान्यता लाई यथावत राख्न २ खेल जित्नै पर्ने दबाद थियो भने विश्वकप क्वालिफाएर छनोट खेल खेल्न भने ४ खेल नै जित्नै पर्ने दवाद थियो। जसमा सुरुको २ खेल जित्दा नै नेपालले वान डे मान्यतालाई यथावत राख्दै उक्त सिरिजमा भने किर्तिमानि रेकर्ड राख्न सफल भएको थियो जसमा २४९ रनको टार्गेट दिएको यूएईलाई २२ ओभरमा लाई अल आउट गर्दै ७१ रनमा अल आउट गर्यो भने पिएनजि ले दिएको ९५ रनको टार्गेट नेपालले ७ ओभर रनिङ्मा १ विकेटको क्षतिमा भेटाउन सफल भयो। यूएई सँगको अन्तिम खेल निकै रमाईलो रह्यो जहाँ नेपाली कृकेटको इतिहास रच्ने अवसर पनि थियो। सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , विभिन्न कलाकारहरु सङ्गै हजारौँ समर्थकको साथमा खेलमैदान प्रवेश गरेको नेपाली टिमले उच्च खेल प्रर्दशन गर्यो जहाँ यूएईले दिएको विशाल लक्ष्य ३११ रनको टार्गेट पछ्याएको नेपालले ४४ ओभर खेल्दै ६ विकेटको क्षतिमा २६९ रन बनाउदैँ डग वर्थ लुइसको आधारमा ९ रनले जित निकाल्दै लिग -2 मा नामिबियालाई चौथो स्थानमा झार्दै नेपाल तेस्रो स्थानमा फड्को मारी आउदो जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्लालिफाएर छनोटको यात्रा सुरक्षित गराउन पनि सफल भयो। उक्त खेलमा नेपाल श्रीलंका जस्तो विश्व विजेतादेखि दक्षिण अफिका, जिम्बावे, आयरल्यान्ड जस्ता टेस्ट मान्यता प्राप्त राष्ट्रहरु सङ्ग प्रतिस्पर्धा गर्नेछ नेपाललाई केहि जटिल होला तर पछिल्लो समय नेपालको बलिङ्ग र ब्याटिङ्ग दुवैतर्फ देखिएको सुधारले केहि आशा पनि जगाएको छ।
खेल क्षेत्र प्रति राज्य पनि जिम्मेवारी बन्ने कि?
राज्यबाट दिइने न्युन सुविधा तथा विभिन्न समस्याको बाबजुद पनि राष्ट्रको लागि योगदान पुर्याउने जुनसुकै क्षेत्रको खेलाडी लाई पनि राज्यले दीर्घकालिन प्रत्याभुतिको सुरक्षा गर्न जरुरी छ। खेलाडीहरु देशका गहना हुन जसरी उनिहरुले राष्ट्र प्रति योगदान गरिरहेका छन त्यहि अनुसार नै राज्य पनि जिम्मेवारी हुन पर्दछ तर त्यसो हुन नसक्दा खेलाडी लाई मात्र नभएर आम नेपालीहरुलाई पनि निराशा बनाएको छ। देशमा एउटा अन्तराष्ट्रिय स्तरको रङ्गशाला नहुनु, केहि सीमित खेलाडीहरुले मात्र पाएको पारिश्रमिकले पनि आफ्नो खर्च धान्न धौ-धौ हुनु, कुनै रोग वा चोटपटक लागेमा सरकारबाट उपचार खर्च नपाउनु, आफु अनि परिवारको गुजारा चलाउन विदेश जान बाध्य हुनु यस्तै यस्तै समस्याबाट गुज्रीरहेका नेपाली खेलाडीहरुको भविष्य माथि राज्य कहिले जिम्बेवारी बन्ने ? अहिले खेल क्षेत्रमा लागिरहेका खेलाडीहरु आफुले कमाएर बुवा आमालाई दिने बेला उल्टै अभिभावक सङ्ग खर्च मागेर चल्नुपर्ने नेपाली खेलाडीहरुको प्रमुख समस्या रहेको छ। जिवनको सबैभन्दा महत्वपुर्ण समय राष्ट्रको लागि सुम्पिने अनि आरामदायी जीवन बिताउने बेला खाडी मुलुकतिर धाउनु पनि कैँयौँ नेपाली खेलाडीहरुको समस्या रहेको छ । मुलुकलाई कार्यकर्ताको भर्ति केन्द्र को रुपमा सोच्ने नेताहरु खेलाडीहरु प्रति जिम्मेवारी हुने कहिले? अहिले सम्म देशमा खेलको लागि एउटा पनि अन्तराष्ट्रिय स्तरको रङगशाला बन्न सकेको छैन यसबारे सोच्ने कहिले? अझै पनि क्रिकेट प्रेमिहरुले कहिले सम्म रुखमा चढेर खेल हेर्नुपर्ने हो? यस्ता विषयमा राज्य अति नै गम्भिर र संवेदनशील हुन जरुरी छ।
खेलको लागि आवश्यक भौतिक संरचना अभावको बाबजुत पनि नेपाली क्रिकेट जगतमा छाएको सफलताप्रति राज्य गम्भिर भएर अघि बढ्न जरुरी देखिन्छ। देशमा खेलाडीहरुको लागि खेलमैदान र अवसरको बाटो नपाउदा पनि कैयौँ खेलाडीहरुले आफ्नो क्षमता देखाउन नपाई ओजेलमा परेका छन। त्यसैले राज्यले हरेक प्रदेशमा १/१ ओटा रङ्गशाला बनाउने पहल गर्न आवश्यक देखिन्छ्। हालै U19 नेपाली क्रिकेट टिम आगामी वर्ष श्रीलङ्कामा हुने U19 World Cup 2024 को लागि छनोट हुन सफल भएको छ यसबाट पनि राज्यले यो कुरा बुझ्न जरुरी छ कि अवसर पाए नेपाली खेलाडीहरुमा अदभूत क्षमता छ भन्ने कुरा। आगामी वर्षको लागि अहिलेबाट नै उनिहरुलाई क्यानले जिम्मा लिएर उचित किसिमबाट ट्रेनिङ गराउन जरुरी छ जसले खेलाडीहरुलाई अझ बढि आफ्नो खेल सम्पादनमा सुधार ल्याउन सहयोग मिल्नेछ।राज्यले खेल क्षेत्रमा अझै लगानी वृद्धि गरि खेलकुदको लागि भौतिक संरचनाहरुको विकाश निर्माण सङ्गै खेलाडीहरुलाई पनि उचित सेवा सुविधा प्रदान गरि दिर्घकालिन रुपमा सुरक्षाको प्रत्याभुति प्रदान गर्न जरुरी छ। राज्यले दिने सेवा सुविधाको अभावले गर्दा अझै पनि कैयौँ अभिभावकहरुमा छोराछोरी हरु खेल क्षेत्रमा लागे भविष्य नै अन्धाकार हुने होकि भनेर सोच्न बाध्य हुन्छन।त्यसैले आगामी दिनमा राज्यले शिक्षा स्वास्थ्य क्षेत्रलाई जस्तै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडी बढाउन जरुरी देखिन्छ।
मोहन कुवर
सत्यवती -२, चेहेमी गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




