काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ भने १३ जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।
इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ ।भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताएका छन्। घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




