जापान मा कतिपय केसहरु हेर्दा हराएका व्याक्तिहरुको खोजी कार्य गरिएता पनी भेट्न असंभव भएका घटनाहरु धेरै रहेको पाईन्छ जो वर्षौ देखि खोजि कार्य गरिएता पनी कारणवस खोज्न नसकिएका वा खोजि कार्य भै रहेका वा खेजि कार्य गरिएता पनी नभेटिएका थुप्रै केसहरु रहेको पाईन्छ !

हाल सम्म को केसहरु हेर्दा र बुझ्दा केही मिल्दा जुल्दा घटना हरु निम्न प्रकार का पाईने गरेका छन !

१.यदि तपाई कुनै पनी दुर्धटना मा परि तुरुन्तै हस्पिटल जानु परेको खन्डमा केही ईमेरजेन्सी परेको खन्डमा सम्पर्क विहिन अवस्थामा र कसैको फोन नम्बर याद नहुनु मोवाईल अफ हुनु मा पनी २/३ दिन ईमेरजेन्सी मा हस्पिटल बस्नु पर्दा पनी बेखबर रहन सक्नु हुनेछ !

२.यति तपाई कुनै पनी केसमा झै झगडा लफ्डा गरि वा प्रहरी ले संका मानी अनुसंधानका निम्ती पुलिस स्टेसन मा हिरासत मा रहनु भएको खन्डमा पनी केही समय अवधी वा लामो समय बेखबर रहन सक्नु हुनेछ!

३. यदि आफ्नै मन खुशीले भिजा रहुनजेल म कतै लुकेर काम गर्छु पछी नेपाल फर्कन्छु भनि नियतवस हराउनु भएको छ भने गाक्को ले खोजी गरि घर पठाउने डर ले गर्दा लुकेको हुनु हुन्छ भने अरुलाई खबर नगरेता पनी परिवार संग भने सम्पर्क मा रहनु होला फेरी तपाई लुकेर काम गरि रहेको अवस्थामै खोजी कार्य गरियो भने समातिन सक्नु हुन्छ !

४. यदि कतै उमितिर खोला तिर पौडिने क्रममा वा आफुखुशी कतै आत्माहत्या गर्ने उदेश्यले उमिमा हाम फालिएमा वा कसैसे फालिदिएमा वा पौडिएर हराएका केसहरु पनी भेट्न संभव नभएका घटनाहरु मा यो घटनाहरु पनी पर्ने गरेको पाईएको छ त्यसैले गर्मि महिनामा पौडिन वा उमितिर खेल्दा ख्याल गर्नु पर्दछ !

५. शरिर कम्जोर भई कतै विहोस भएको अवस्थामा हस्पिटल भर्ना भएको खन्डमा वा कतै कसैसंग ठोकिएको र उक्त व्याक्ति विहोस हुनु वा चोटपटक लाग्नु वा आफु माथि चोटपटक लाग्नु हस्पिटल जानु वा पुलिस द्वरा समातिनु भएमा पनी केही समय सम्पर्क विहिन हुन सकिनेछ !

############## वच्ने उपाएहरु ########

१. कहिलै पनी फोन अफ हुने गरि प्रयोग नगरौ !

२. पर्स मा आफ्नो फोनमा सधै आफ्नो नजिक को वा तुरुन्तै सम्पर्क हुने सक्ने नम्बर नोट गरौ या याद गर्ने गरौ !

३. यदि पुलिस को झमेला मा परिएको खन्डमा वा आफुले बाहिर कसैलाई आफु त्यहा भएको खबर सक्दो चाडो बहिर आफ्नत वा साथिलाई जानकारी गराउने गरौ वा वकिल को सहयोग माग्ने गरौ भाषा आउदैन भनेर सकभर वकिल को वा दोभाषेको सहायता मागौ र निजलाई आफु यसरि यहा छु भनेर जानकारी दिने गरौ !

४. आफु ले गर्दै नगेरिएका गल्ति वा कसैले फसाउदैछ भने डर वा धम्किले वयान फेर्ने काम नगरौ !

५. आफ्नो गल्तिले गर्दा अरु माथि पर्न जाने असुविदा हरु लाई सधै ख्याल गर्ने गरौ !
वाकि यसै घटना सम्बंन्धी जानकार रहनु हुने हरुले थप जानकारी गराई सहयोग गरौ !

धन्यावाद (रमेश रिजाल ) योकोहामा जापान !

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार