काठमाडौं । सिक्किमको नाथुला र गान्तोकबीचको क्षेत्रमा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु तथा १२ जना घाइते छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

हिमपहिरोमा कम्तीमा २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ ।

सिक्किमको स्थानीय अनलाइन समाचार पोर्टल भ्वाइस अफ सिक्किमका अनुसार भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो । हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वडा सवारीसाधन पुरिएको आशंका छ ।

मंगलबार साँझ ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमपहिरोमा पर्नेको खोजी तथा उद्दार कार्य जारी भएको बताउँदै प्रभावितलाई हरसम्भव सहायता प्रदान गर्ने बताएका छन् । गृहमन्त्री अमित शाह सिक्किमको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार