्काठमाडौं । मंगलबार सिक्किममा गएको हिमपहिरो परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् ।

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।

१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । जसमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार