जापान । आईफोन १५ का प्रो मोडेलमा पुरानै शैलीको बटन आउने भएको छ । यसअघि सोलिड-स्टेट भोल्युम तथा एक्सन बटन आउने चर्चा भएपनि एप्पल विश्लेषक मिङ-चि कुओले प्राविधिक त्रुटिका कारण उक्त बटन नआउने दाबी गरेका छन् ।
एक ब्लग राख्दै उनले सोलिड-स्टेट बटन नआउने उल्लेख गरेका हुन् । तर कस्तो प्राविधिक त्रुटि हो भन्ने विषयमा उनले खुलाएका छैनन् । यसअघि एप्पलले अहिलेका आईफोनमा भएका फिजिकल बटनलाई विस्थापित गरेर सोलिड-स्टेट बटन ल्याउने चर्चा थियो ।
सोलिड-स्टेट बटन भौतिक बटनका रूपमा हुँदैन । तर, बटनको ठाउँमा थिच्दा बटन दबाएको अनुभव हुने बताइएको छ । विशेषगरी आईफोन ८ मा रहेको होम बटन जस्तै आईफोन १५ मा भोल्युम तथा एक्सन बटन हुने भनिएको थियो ।
कुओका अनुसार आईफोन १५ अहिले ईभीटी (इन्जिनियरिङ भ्यालिडेसन टेस्ट) को क्रममा छ । त्यसैले आईफोन १५ को डिजाइन मोडिफाई हुने सम्भावना उच्च छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




