महिनौंदेखिको पखाई तथा अड्कलबाजीका बीच एप्पलको बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार आइरहेका छन् विभिन्न देशहरुबाट ।
एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । आइफोन एक्सका सबैभन्दा उत्कृष्ट ६ फिचर्स यी हुन्:
फेस आइडी:आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।
एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।
उत्कृष्ट सेल्फी: आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा तथा ७ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । सेल्फी क्यामरामा पोट्रेट मोड हुनेछ, जसबाट फोटोको ब्याकग्राउण्ड ब्लर गरेर स्टुडियोमै जस्तो उत्कृष्ट सेल्फी खिच्न सकिनेछ ।
नयाँ धून: दुनियाका ७० करोड आइफोन प्रयोगकर्ताको आइफोनमा अहिलेसम्म बज्ने क्लासिक मारिम्बा रिङ्गटोन अब दिक्कलाग्दो बनिसक्यो । त्यसैले आइफोन एक्समा नयाँ रिङ्गटोन रहेको छ । यो रिङ्गटोनको नाम हो रेफ्लेक्सन ।
भिडियो: आइफोन एक्समा नयाँ ओएलइडी डिस्प्ले रहेको छ । आइफोनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओएलइडी डिस्प्ले हो । जसका कारण आइफोनमा भिडियोहरु निकै उत्कृष्ट गुणस्तरमा देखिनेछन्, चम्किलो तथा सार्प इमेजका साथ । साथै साउण्ड क्वालिटी पनि अब्बल रहेको छ किनकी स्टेरियो स्पिकरहरु ग्लास स्क्रिनको भित्रपट्टि लुकाइएको छ ।
अग्मेन्टेड रियालिटी एप: आइफोन एक्समा एआरकिट फिचर रहेको छ । जसका कारण आइफोन एक्स अग्मेन्टेड रियालिटीयुक्त उत्कृष्ट स्मार्टफोन बनेको छ । यो फिचरका कारण प्रयोगकर्ताहरु आफ्नो आइफोनमा विभिन्न भर्चुअल रियालिटी गेमहरुको अनुभव प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




