ओसाका/जापान। जापानको ओसाकामा भएको जापान खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले रजत र कास्य पदक हात पारेको छ।

जापानको ओसाकामा भएको उन्नाईसौँ जापान वाटा ओपन च्याम्पियनसिप २०२३ खेल प्रतियोगितामा नेपालले तेक्वान्दो तर्फ दोस्रो स्थान हासिल गरेको छ। ब्ल्याक बेल्ट ४० वर्ष मुनिको खेलमा नेपालको तर्फबाट असोक खड्काले दोस्रो स्थान हासिल गर्दै रजत पदक हात पारेका छन् । उनले ६.२७ अंक सहित जीत हासिल गरेका हुन् । त्यस्तै नन्द बिस्टले सोही समुहको खेलमा ६.१० अंक बटुल्दै तेस्रो स्थानको कास्य पदक हात पारेका छन् ।

यस समूहमा कम्बोडियाका खेलाडीले ६.६० अंक लिएर स्वर्ण पदक जितेका थिए । सो स्पर्धामा २४ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका खड्काले प्रतियोगितामा आइतबार ग्योरोगीतर्फ निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

यसअघि खड्काले अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको भेट्रानमा दुईपटक स्वर्ण पदक जितेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार