टोकियो/जापान। अर्थतन्त्रको बृद्धि र वितरणको संतुलित चक्रलाइ साकार पार्न प्रधानमन्त्री किशिदाले जापानमा प्रत्यक्ष वैदेशिक लगानी १ हजार खर्ब येन पुर्याउने लक्ष्य राखेको नीति घोषणा गरेका छन् । यो हाल कायम स्तरभन्दा दोब्बर हो । यसका साथै उनले विदेशी लगानीसंगै स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्न चाहेको बताउँदै ठोस पहल गर्न सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

जापान सरकारले २६ तारिख, आर्थिक तथा वित्तीय नीति परिषद्को बैठक बसि, विकास र वितरणको संतुलितचक्र निर्माण गर्ने उपायबारे विचारहरु आदानप्रदान गरेको थियो ।

यसैक्रममा, प्रधानमन्त्री किशिदाले घरेलु आर्थिक अवस्था बारेमा टिप्पणी गर्दै भने- “हालै ३० वर्षयताकै उच्च ज्याला वृद्धि भएको छ, जापानमा लगानी गर्ने कम्पनीहरूको इच्छा बढ्दै गएको छ । हामी सक्रिय रूपमा मानव संसाधन र स्रोतलाई आकर्षित गर्ने यो अवसर गुमाउने छैनौँ । त्यसैले प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना अघि सार्दछु ।”

सोहि अवसरमा, उनले हाल कायम ४६० खर्ब येनको प्रत्यक्ष वैदेशिक लगानीलाइ, दोब्बरभन्दा बढी यानेकि १ हजार खर्ब येनमा पुर्याउने नीति पनि घोषणा गरेका हुन्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार